तल्लोलाइ नोकर र आफु मालिक बन्न खोज्दा संघिय निजामती ऐन आउन ढिलाः अध्यक्ष कोइराला

अर्घाखाँची । नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले तल्लो वर्गका कर्मचारीलाइ नोक्कर मान्ने गरि संघिय निजामती कर्मचारी ऐन ल्याउन चाहेपछि खोजेपछि ऐन आउन ढिला भएको बताएका छन् ।

उनले भने “उच्च लेभलका प्रशासनिक व्यक्तित्व र उच्च लेवलका केही राजनितिक नेतृत्व जसले संघिय निजामती सेवा ऐन तपाइ हामी तल्लो वर्गका कर्मचारीलाइ नोकर र आफुहरु मालिक बन्ने गरि ल्याउन खोजेपछि समस्या उत्पन्न भएको हो ।”
नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले सन्धिखर्कमा गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको उद्धाटन् गर्दै संगठनका केन्द्रीय अध्यक्ष कोइरालाले “कर्मचारीलाइ नोक्कर बनाउने कुरामा कर्मचारीका संघ, संगठनको विरोध भएपछि ढिला भएको हो ।”

“नोक्कर बन्न हामी तयार भएनौ सबैलाइ सम्मान गरेर यो ऐन ल्यायौ भनेउ त्यसैले त्यसमा भएका अनगिन्ती नमिल्ने कुराहरु डिलिट गर्न मान्नु भएन् । जसका कारण यो ऐन आउन ढिला भएको हो । अहिले धेरै नकारात्म कुराहरु डिलिट भएका छन् । हटाइएका छन् र यो विधेयक आएको छ । जसका कारण अहिले संसदमा प्रवेश गर्न सफल भएको छ ।” अध्यक्ष कोइरालाको भनाइ छ ।

प्रशिक्षण कार्यक्रमको उद्धाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, नेकपा एमालेका जिल्ला अध्यक्ष पिताम्वर भुसाल, उपाध्यक्ष इश्वरा पोख्रेल, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख छपिन्द्र वेल्बासे, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय नेता दधिराम मरासिनी, केन्द्रीय सदस्य लुम्बिनी प्रदेश इन्चार्ज काशिराम आचार्य, केन्द्रीय सदस्य दिलिप केसी, नेत्रप्रसाद आचार्य, कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष कृष्ण वर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, प्रेस चौतारीका प्रदेश अध्यक्ष शोभाखर पन्थी लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रम नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष गणेश भण्डारीको अध्यक्षता, उपाध्यक्ष हरिस्चन्द्र पाण्डेको स्वागत मन्तव्य र सचिव पशुपति खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रेमनारायण आचार्य
लेखकको बारेमा

प्रेमनारायण आचार्य

विगत डेढ दशक देखि राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकार आचार्य समाचार पोष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?