तापक्रमले धनगढीमा ‘रेकर्ड ब्रेक’, ४४.१ डिग्री पुग्यो, काठमाडौँमा ३४ डिग्री नाघ्यो

काठमाडौँ । यो वर्षको आजसम्म धनगढीले तापक्रममा रेकर्ड ब्रेक गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीमा आज दिउँसो ४४.१ डिग्री तापक्रम पुगेको छ।

मौसमविद् सरोज पुडासैनीका अनुसार धनगढीको तापक्रम यो वर्षकै सबैभन्दा बढी हो। यसअघि भैरहवामा यो वर्षकै सबैभन्दा बढी ४३.६ डिग्री तापक्रम रेकर्ड गरिएको थियो। त्यसलाई उछिनेर आज बिहीवार धनगढीले रेकर्ड ब्रेक गरेको हो।

काठमाडौँको तापक्रम पनि बढ्यो 

काठमाडौँमा आज अपराह्न अधिकतम तापक्रम ३४ डिग्री नाघेको छ। यसअघि आजै ३३ डिग्री रेकर्ड गरिएको काठमाडौँको तापक्रम बढेर ३४ डिग्री नाघेको पुडासैनीले बताए।

उनका अनुसार विभागले आज अधिकतम ३३ डिग्री पुग्ने अनुमान गरेकोमा त्यसलाई उछिनेर तापक्रमले ३४ डिग्री नाघेको हो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?