बिएण्डसी कलेजलाई सम्बन्धन दिन सर्वोच्चको परमादेश

काठमाडाैं । सर्वोच्च अदालतले झापाको बिएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश दिएको छ।

न्यायाधीश कुमार चुडाल र सारंगा सुवेदीको इजलासले  चिकित्सा शिक्षा आयोगले २०७६ साल चैत १२ गते उक्त कलेजलाई सम्बन्धन नदिने गरी गरेको निर्णय बदर गर्दै १५ दिनभित्र आवश्यक मापदण्ड पूरा गर्न लगाई सम्बन्धन दिन परमादेश दिएको हो।

उक्त इजलासले चैत १२ गते गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘मापदण्ड अनुसारको जनशक्ति (फ्याकल्टी) को व्यवस्थापन साथै सो निरीक्षण टोलीले तोकेका कार्यहरू पूरा गर्न लगाई १५ (पन्ध्र) दिनभित्र यस वर्षको शैक्षिक सत्र सुरू हुनुअगावै एम.बि.बि.एस. विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनू/ दिलाउनू भनी प्रत्यर्थीहरू काठमाडौं विश्वविद्यालय धुलिखेल काभ्रे, चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुर लगायतका प्रत्यर्थीहरूका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ।’

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?