टी–२० विश्वकप : नेपाल र श्रीलङ्काको खेल रद्द, एक/एक अङ्क बाँडे

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल र श्रीलङ्काबीचको खेल पानी परेर मैदान भिजेका कारण रद्द भएको छ । टस समेत हुन नपाई खेल रद्द भएसँगै एक/एक अङ्क बाँडिएको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।

श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बङ्ग्लादेशसँग २ विकेटले पराजित भएको थियो । नेपालले दुई र श्रीलङ्काले एक खेल खेल्न बाँकी छ । नेपाली टोली अमेरिकाबाट वेस्ट इन्डिज जानेछ । सेन्ट भिसेन्टमा नेपालले दक्षिण अफ्रिका र बङ्ग्लादेशसँग खेल्नेछ ।

नेपालले समूह ‘डी’ बाट शीर्ष दुईमा रहेर सुपर आठमा पुग्न बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ । यो समूहमा दक्षिण अफ्रिका सुरुवाती ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?