इजरायलमा हिजबुल्लाहको अहिलेसम्मकै ठूलो रकेट आक्रमण

एजेन्सी । इजरायलमा हिजबुल्लाहले अहिलेसम्मकै ठूलो रकेट आक्रमण गरेको छ ।

हिजबुल्लाहले लेबनानबाट दर्जनौँ रकेट आक्रमण गरेपछि उत्तरी इजरायलका धेरै ठाउँमा आगो लागेको बीबीसीले जनाएको छ । हिजबुल्लाहले इजरायली हवाई आक्रमणमा आफ्ना एक वरिष्ठ कमाण्डरको ज्यान गएको प्रतिक्रियास्वरूप यो आक्रमण गरेको बताएको छ ।

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह कमाण्डर तालेब अब्दुल्लाहसहित चार जनाको ज्यान गएको थियो । हिजबुल्लाहकाअनुसार रकेटहरू इजरायली सैन्य अड्डाहरू र सैन्य कारखानाहरूलाई लक्षित गरी आक्रमण  गरिएको छ ।

इजरायली सेनाले हिजबुल्लाहले झण्डै ९० वटा रकेट आक्रमण गरेको दाबी गरेको छ । गाजामा इजरायल र हमासबीच युद्ध चलिरहेको बेला हिजबुल्लाहले बेला बेला इजरायलको उत्तरी सीमामा आक्रमण गर्दै आएको छ । हमासपछि इजरायललाई हिजबुल्लाह चुनौती बन्दै गएको बताइएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?