अर्घाखाँचीमा निरन्तर झरीले जनजिवन प्रभावित

अर्घाखाँची .      अर्घाखाँचीमा विगत पाँच दिनदेखी परेको लगातारको झरीले जनजिवन प्रभावित बनेको छ ।
लगातारको वर्षाले सडक अवरुद्ध गर्नुका साथै विद्युत, खानेपानीका क्षेत्रमा समेत असर पु¥याएको छ ।

जिल्लाको मुख्य सडक गोरुसिंगे–सन्धिखर्क सडकखण्डको आधादर्जन स्थानमा पहिरो खस्दा बाटो पटक पटक अवरुद्ध बनेको छ ।
सडक सुचारु गर्ने प्रयत्न भईरहेपनि वर्षा नरोकिएपछी समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै सदरमुकाम सन्धिखर्कबाट गाँउ जाने सडकहरु पनि अवरुद्ध हुँदा आवत जावतमा कठिनाई भएको छ । प्रदेश राजधानी जोड्ने गच्छे–भालुबाङ सडक, सन्धिखर्क–बलकोट–तम्घास सडक, सन्धिखर्क–पाल्पा सडक, सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक, सन्धिखर्क–असुरकोट–प्यँुठान सडकका कतीपय स्थानमा पहिरोले अवरुद्ध गरेको छ भने कतिपय स्थानमा हिलोले यात्रामा कठिनाई भएको छ ।

जिल्लाको मुख्य सडक गोरुसिंगे–सन्धिखर्क लगायत ग्रामिण भेगमा जाने सवारी पुर्ण रुपमा प्रभावित हुदा आवत जावत कष्टकर बनेको हो ।

ग्रामिण भेगमा दुईदिनदेखी बिजुली अवरुद्ध भएको छ । रुख ढल्ने, पोल ढल्ने, तार चुँडिंने लगायतका कारण जिल्लाका कतिपय स्थानमा विद्युत अवरोध भएको छ । सदरमुकाम आसपास बत्ती भएपनी ग्रामिण भेगमा भने विद्युत नहुँदा समस्या भएको छ ।

यस्तै लगातारको वर्षाले खानेपानीमा क्षती पु¥याएको छ । मुहान पुरिने, पाईप बगाउने लगायतका समस्याले पानि नआउँदा दैनिकी प्रभावित बनेको छ । सन्धिखर्क खानेपानीमा समस्या आउँदा १२ घन्टापछी सुचारु भएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?