पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भाइरस भेटियो

काठमाण्डौ । नेपालमा पोलियो मुक्त घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको छ ।

काठमाण्डौको टुकुचा र बाग्मती नदीको संगम क्षेत्रबाट सङ्कलित ढलको नमुना परीक्षण गर्दा पोलियोको भाइरस भेटिएको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमकाअनुसार नमूना परीक्षण गर्दा पोलियो भाइरस पुष्टि भएको हो ।

नेपालमा १३ वर्ष यता पोलियो भाइरस पुष्टि भएको थिएन । विश्व स्वास्थ्य सङ्गठनले १० वर्षअघि नै नेपाललाई पोलियो उन्मुलन घोषणा गरिसकेको छ । खोप शाखा प्रमुख डा. गौतमले पोलियो जीवाणु भेटिएसँगै काठमाण्डौ उपत्यकामा पोलियो विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।

आउँदो ९ गतेदेखि १२ गतेसम्म पोलियो विरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी छ । खोप शाखाकाअनुसार जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो खोप खुवाउनेछ । खोप स्वास्थ्यकर्मी र महिला समुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत घर घरमा दिइने डा. गौतमले जानकारी दिए ।

पोलियो भाइरसबाट सङ्क्रमण भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छ । डाक्टरहरुकाअनुसार पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ ।

पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने तर, पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने डाक्टरहरुको भनाइ छ । यो रोगबाट सुरक्षित हुने एक मात्र उपाय भनेको पोलियो विरुद्धको खोप नै भएको डाक्टर गौतमले बताए ।

सरकारले बालबालिकालाई राष्ट्रिय खोप तालिकामार्फत पोलियो विरुद्धको खोप नियमित रुपमा दिँदै आएको छ । यो रोगबाट बच्न व्यक्तिगत सरसफाइ तथा शुद्ध पानी र स्वच्छ खानामा विशेष ध्यान दिन डाक्टरहरुको सुझाव छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?