वाली जोगाउन वैकल्पिक खेतीको थालनी

सन्धिखर्क        खाद्य बाली लगाउदा बाँदरले सताउन थालेपछि सन्धिखर्कका किसानले वैकल्पिक खेतीको शुरूवात गरेका छन् । परम्परागत बाली लगाउदा बादर जोगाउन नसकेपछि किसानले यसको विकल्पमा कागती र कफि खेती गर्न थालेका हुन् । बादर,बदेल,राते जस्ता जङ्गली जनावर बाट अन्नबाली जोगाउन नसकेपछि वैकल्पिक खेती गर्ने किसानको संख्या बढ्दो छ ।
यसअघि मकै, गहुँ, जस्ता अन्न तथा फलफूल लगाइने ठाउँमा किसानले अहिले कागती ,कफि,अम्रिसो रोप्न सुरु गरेका हुन् । जङ्गली जनावर बाट अन्नबाली जोगाउन मुस्किल हुन थालेपछि सन्धिखर्क –१० धरम्पानीका किसानको बाँझै रहने अवस्थाको ९० रोपनी खेतीयोग्य जग्गामा ९ हजार कफिका बिरुवा लगाइएको स्थानीय कृषक भविश्वर भुसालले बताउनुभयो ।
त्यस्तै सन्धिखर्क–२ भलायडाँडाका किसानको ६५ रोपनी खेतीयोग्य जग्गामा २ हजार कागती र करिब ५० रोपनी जमिनमा ५ हजारबढि कफिका बिरुवा लगाइएको स्थानीय गोबिन्द प्रसाद पोख्रेलको भनाई रहेको छ ।
सन्धिखर्क नगरपालिकाको सहयोगमा कृषकलाइ वैकल्पिक खेतीतर्फ आकर्षण गर्न र जङ्गली जनावर बाट हुने क्षति कम गर्न कफि तथा कागतीका बिरुवा,प्राङ्गारीक मल बितरण गरीएको सन्धिखर्क नगरपालिका कृषी शाखा प्रमुख राजेन्द्र भट्टराइले जानकारी दिनुभयो ।


त्यस्तै कृषकको मागका आधारमा ४० प्रतिशत अनुदानमा लिची,कागती,सुन्तला,मौसमका ४५ सय बिरुवा बितरण गरीएको भट्टराइले जानकारी दिनुभयो ।
‘बाँदरले धेरै नै दुःख दिएपछि परम्परागत अन्नबालीको विकल्पमा व्यावसायिक कागती,कफि खेती शुरू गरीएको छ,’ स्थानीय अगुवा कृषक रामजी मरासिनीले भन्नुभयो, मकै, कोदो, गहुँ जस्ता अन्नबाली र दलहन तथा अन्य नगदेबाली बाँदरकै कारण संरक्षण गर्न सकिएन ।
वनक्षेत्रमा बाँदर भुल्ने र उसले खाने चिज केहि नभएको, बाँदर धपाउने मान्छे पनि गाउँमा प्रयाप्त नभएपछि बारीमा बाँदरबाट अन्नबाली जोगाउन कठिन पर्ने हुँदा कागती र कफि खेती शुरू गरिएको कृषकको भनाई रहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?