अर्घाखाँची : नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढि

अर्घाखाँची । अर्घाखाँचीमा गत आर्थिक वर्षमा नेपाली नागरिकताको प्रमाणपत्र लिनेको तुलनामा राहदानी बनाउने नागरीकको संख्या बढि देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ मा ७ हजार ६ जनाले नागरिकताको प्रमाणपत्र लिँदा ७ हजार ३६३ जनाले राहदानी बनाएका हुन्।

यो सङ्ख्या जिल्लाबाट राहदानी सिफारिस भई राहदानी जिल्लामा नै आइपुगेपछि वितरण भएकाहरूको हो । जिल्लाबाट राहदानी नबुझेर द्रुत रूपमा राहदानी लिनको लागि जिल्लाबाट सिफारिस लगेकाहरूको सङ्ख्या २४५ छ ।

यसरी सामान्य सिफारिस तर्फ ७ हजार २ सय ९९ जना र द्रुत सेवा सिफारिस तर्फ २ सय ४५  जनाको राहदानी जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेको छ । यो संख्यालाई समेत जोड्दा नागरिकता लिने भन्दा राहदानी लिनेको सङ्ख्या ५ सय ३८ ले बढी हुन्छ।

एक वर्षको अवधिमा दश हजार ८ सय ६१ वटा नागरिकताको प्रतिलिपि दिइएको, १८ वटा गैर आवासीय नागरिकता, ६ वटा वैवाहिक अङ्गीकृत नयाँ नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताए।

भिडियाे हेर्नुहाेस् :

https://www.facebook.com/share/v/c8dqM1u6SHUdW19d/

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?