भव्य बन्यो परियार मित्रताको अधिवेशन अध्यक्षमा नेपाल सर्वसम्मत

परियार मित्रता समाज कतारले आफ्नो ५ औं अधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ । संस्थाकी कार्यबाहक अध्यक्ष उषा परियारको सभापतित्व र नेपाली दूतावास कतारका कार्यबाहक राजदुत कुमार राईको प्रमुख आतिथ्यतामा खुल्ला र बन्द सत्र गरि दुई चरणमा सम्पन्न भएको अधिवेशनको बन्द सत्रबाट सुमन नेपालको अध्यक्षतामा आगामी दुई वर्षका लागी १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसमा उपाध्यक्ष द्वय गुप्त परियार र बालन परियार,महिला उपाध्यक्ष अनिता परियार,महासचिव प्रताप चाहार,सचिव प्रकाश परियार,कोषाध्यक्ष छबिलाल परियार,सह-कोषाध्यक्ष सालिक परियार, त्यस्तैगरी सदस्यहरुमा अमर सिंह ,श्याम परियार, बिनोद परियार, रिया परियार र पुनम परियार रहेका छन् ।नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समिती संयोजक बाल कृष्ण भित्रीकोटीले सपथ खुवाएका थिए ।

कार्यक्रममा दोहामा स्थापित विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरु,समाजसेवी ,बुद्धिजीवी,पत्रकार , कलाकार लगायतको लोभलाग्दो उपस्थिति रहेको थियो। पन्चेबाजाको पुजन सङ्गै उद्घाटन भएको कार्यक्रममा बोल्ने सबै जसो वक्ताहरुले अझैपनी समाजलाई जात या वर्गका आधारमा विभाजित बनाउन नहुने बताएका थिए । महिला समाजकी अध्यक्ष माया केसिले जातीय विभेदका बारेमा भाषण बाजि गरेर छुवाछूत र भेदभाव अन्त्य नहुने बताउँदै भेदभावको अन्त्य आफुबाटै हुनुपर्ने बताउँदा हलमा तालीको गडगडाहट छाएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी राईले अहिलेको आधुनिक युगमा पनि छुवाछूत जस्ता कुरामा समाज अल्झिन नहुने बताउँदै पहिला भन्दा अहिले धेरै फरक परिस्थिति बनिसकेको र यसको उन्मुलन गर्न हामी सबैले आ-आफ्नो ठाउँबाट उत्तिकै योगदान दिनुपर्ने बताएका थिए । परियार मित्रताको नारा अत्यन्तै गहकिलो भएको बताउँदै समाजले गरेका कार्यहरुको मुक्तकण्ठले प्रशंसा समेत गरेका थिए।

कार्यक्रममा संस्थाको दुई वर्षे कार्यकालमा विभिन्न कोणबाट सहयोग गर्ने संरक्षकहरु , सल्लाहकारहरु,सहयोगी व्यक्तित्वहरु, पत्रकार, कलाकार र खेलाडी समेतलाई सम्मान गरिएको थियो।

खुल्ला सत्रको समापन गर्दै सभापती परियारले कार्यक्रममा संस्थाको निमन्त्रणालाई स्विकार्दै उपस्थिति जनाउनुहुने सम्पुर्ण संघ-संस्थाहरु , संस्थाका संरक्षकहरु,सल्लाहकारहरु कार्यसमितिहरु लगायत अधिवेशन सफल बनाउन अहोरात्र खट्ने सम्पुर्ण प्रती आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेकी थिइन।

पन्चेबाजामा राम कृष्ण परियार र रेश्मी सेन्चुरीको प्रत्यक्ष दोहोरी समेत रहेको उक्त कार्यक्रममा पुनम परियारको स्वागत नृत्य रहेको थियो भनें अनिता परियार , बाबू कौशल, गणेश रणपहेली, सुधा परियार, भुवन परियार, प्रविण छिनाल र संगित वि सि लगायतका कलाकारहरुले आफ्नो उत्कृष्ट प्रस्तुति राखेका थिए। सांस्कृतिक संयोजकको भुमिकामा प्रताप मुस्कान चाहार रहेका थिए।

संस्थापक सह-कोषाध्यक्ष सुमन नेपालको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सहजीकरण भनें संस्थाका महासचिव सुनिल परियार र अनिल परियारले गरेका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सन्ध्या अर्याल
लेखकको बारेमा

सन्ध्या अर्याल

अर्याल समाचारपोष्ट डटकमकी कतार ब्युरो प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?