स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छः प्रमुख प्रशासकीय अधिकृत न्यौपाने

अर्घाखाँची । पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जनप्रतिनिधिले आवश्यक नीति निर्माण गर्ने र कर्मचारीले त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताएका छन ।

पाणिनी गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै अधिकृत न्यौपानेले यस्तो बताएका हुन । उनले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने सुझाव दिदैँ उनले भने, “ तपाई जनप्रतिनिधि ज्युहरुले सपनाअनुसार नीति निर्माया गर्नुस्, र त्यसको कार्यान्वयन गर्न हामी कर्मचारीहरू तयार छौँ ।”  उनले स्वास्थ्य र शिक्षामा गरेको लगानी नाफा घाटाका लागि नभइ नागरिकको जीवन सुधारका लागि रहेको जिकिर गरे । 

न्यौपानेले पालिकालाई समृद्ध बनाउन भौतिक विकास मात्र नभई मानवीय विकासमा ध्यान दिन आवश्यक रहेको बताए । उनले शिक्षा र स्वास्थ्यको विकास बिना मानवीय विकास असम्भव रहेको तर्फ सचेत समेत गराए । उनले आफ्नो स्वास्थ्यको ख्याल आफै राख्नुपर्ने भन्दै उनले भने, “सबैभन्दा पहिला त खानपानमा ध्यान दिऊँ, योग ध्यान गरौँ, हुँदै नभए औषधि उपचार त छँदैछ ।”

उनले कुराभन्दा काम बढि गर्नुपर्नेमा जोड समेत दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?