सशस्त्र प्रहरी बल ३६ नम्बर गुल्मको बार्षिक उत्सव सम्पन्न

अर्घाखाँची । सातौ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल ३६ नम्बर गुल्म अर्घाखाँचीले भव्य समारोहका बीच बार्षिक उत्सव मनाएको छ ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पालले विशेष कार्यक्रमको उद्घाटनगदै सशस्त्र प्रहरीले शान्ति सुरक्षा, आफ्नो क्षेत्रमा अब्बलताका साथ काम गरिहेको र अझ उत्साह, र दृढताका साथ काम गर्ने बताए ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख जिबनारायण कोईराला, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, शितगंगाका नगरप्रमुख छविलाल पौडेल, छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, कार्यालय प्रमुखहरु, साथै विभिन्न संघ सस्थाको प्रमुखहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दिबशको अबसरमा विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरु समेत गरिएको गुल्मपति भिमसेन बोहोराले बताए । स्थापना दिवसको बिभिन्न बिदामा सम्मान समेत गरेको छ । यस्तै भवन अभावका कारण अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा रहेको सन्धिखर्क सव डिभिजन वन कार्यालयमा बस्तै आएको सशस्त्र प्रहरी बल ३६ नम्बर गुल्म अर्घाखाँचीले आफ्नै भवन बनाउनको लागि जग्गा खरिद गरेको छ ।

जिल्ला विपत् प्रतिकार्यदेखि शान्ति सुरक्षाका अधिकांश कार्यमा सशस्त्र प्रहरी सक्रिय रूपमा खटिँदै आए पनि आफ्नो भवन नहुँदा दैनिक कार्यसम्पादनमा समस्या हुँदै आएको थियो ।अब भवन बनेपछि कार्यसम्पादनमा सहज हुने सशस्त्र प्रहरी बल ३६ नम्बर गुल्म अर्घाखाँचीका गुल्मपती भिमसेन बोहोराले सातौ स्थापना दिवसको अवसरमा यस्तो बताएका छन् ।
हाल सोहि क्षेत्रमा १सय ६० जना सशस्त्र प्रहरी रहेका छन । २०७५ सालमा गुल्म सोहि क्षेत्रमा आएको थियो । जग्गा खरिद सन्धिखर्क नगरपालिका वडा नम्बर १को तुम्कोटमा २० रोपनी गरिएको बताए । आफ्नो भवन नभएका कारण गुल्मले सशस्त्र प्रहरीका लागि सञ्चालन गर्ने आन्तरिक तालिमदेखि अन्य पीट परेडसम्म गर्न समस्या हुँदै आएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?