शितगंगा नगरपालिकाले लगायाे प्लास्टिकका फूल र मालामा प्रतिबन्ध

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले प्लास्टिकका मालाहरुको विक्रीमा रोक लगाएको छ ।

नगरपालिकाले नगर क्षेत्रभित्र तिहारको समयमा प्लास्टिकका मालाको विक्री र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको हो । नगरले एक सूचना जारी गर्दै स्थानीय फूलहरूको प्रवर्द्धन गर्नुका साथै प्लास्टिकजन्य फोहोरको समस्या न्यूनीकरण गर्ने उद्देश्यले यो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

तिहारको समयमा प्लास्टिकका मालाहरुको प्रयोग बढ्ने हुँदा यसले वातावरणमा फोहोरको मात्रा वृद्धि गर्ने र स्थानीय फूलहरूको प्रयोग घटाउने गरेको देखिएको छ । नगरपालिकाको बैठकले उक्त निर्णय गर्दै सबै वडा कार्यालय, प्रहरी प्रशासन, र उद्योग वाणिज्य संघलाई यो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ।

प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर जिसीद्वारा हस्ताक्षरित पत्रमा यो निर्णय तत्काल लागू गर्ने र नगरवासीहरूलाई यसमा सहयोग गर्न आग्रह गरिएको छ । स्थानीय उत्पादनहरूको प्रवर्द्धनमा यो निर्णय महत्वपूर्ण हुने अपेक्षा गरिएको छ, जसले स्थानीय फूल व्यवसायलाई पनि प्रोत्साहन दिनेछ।

यस कदमले नगर क्षेत्रमा प्लास्टिकजन्य प्रदूषण कम गर्ने र वातावरणीय सन्तुलन कायम राख्न मद्दत पुर्‍याउने विश्वास नगरपालिकाले गरेको छ। साथै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?