राम्रो गर्न कोशिस गरिरहेको छु : मुख्यमन्त्री आचार्य

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राज्य संयन्त्रलाई बलियो बनाउने गरी प्रदेश सरकारले भूमिका बढाएको बताएका छन ।

गर्गगोत्री आचार्य समाज कपिलवस्तुले बिहिवार आयोजना गरेको चाडपर्व बिशेष शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले आफु नेतृत्व सरकारले राज्य संयन्त्रलाई बलियो बनाउनेगरी भूमिका बढाएको बताएका हुन। ‘राम्रो गर्न कोशिस गरिरहेको छु । किन कि यो विचको अवधिमा हाम्रा हरेक संयन्त्रहरु फितला बनेका छन् । संयन्त्रहरु विग्रिएका छन् । यसलाई सुधार्नको निम्ति, सच्याउनको निम्ति, सहि मार्गमा ल्याउनको निम्ति धेरै मेहन गर्नुपर्ने अवस्था छ’ उनले भने,‘कतिपय अवस्थामा विगतका निर्णयहरु उल्ट्याउदै अहिले नयाँ योजनाका साथ प्रदेश सरकार अघि बढ्न थालेको छ ।’

यस्तै मुख्यमन्त्री आचार्यले नागरिकको सुझावको आधारमा प्रदेश सरकारले भूमिका निर्वाह गरिरहेको समेत बताए । प्रदेश सरकारले नागरिक तहबाट आउने हरेक गुनासोहरु सुन्ने र त्यस अनुसार सुधारका काम गर्दै आएको स्पष्ट पारे । उनले भने ‘कमजोरी हुन दिने छैन् । तर, जानेर या नजानेर मेरा कहि कतै कमिकमजोरी देख्नु भयो भने पर्र्खिएर होइन, तत्काल सच्याउनको निम्ति यहाँहरुको अवस्य पनि साथ सहयोग पाउने छु भन्ने विश्वास लिएको छु ।’

कार्यक्रममा समाजका जिल्ला अध्यक्ष चन्द्रकान्त आचार्यले मुख्यन्त्री चेतनारायण आचार्यलाई सम्मान गरेका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?