पाणिनि : पटौटिमा आँखा तथा दात नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीका पाणिनि गाउपालिका वडा नम्बर ४ पटौटिमा आँखा तथा दात सम्बन्धी १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

पटौटि रुपन्देही सम्पर्क समाजको अयोजना तथा पाणिनि गाउपालिका वडा नं. ४ को व्यवस्थापनमा पटौटि स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शनिबार गरिएको नि.शुल्क स्वास्थ्य शिविरबाट २ सय ८२ जनाले आँखा तथा दात सम्बन्धी सेवा लिएका छन् । शिविरमा आँखा तथा दाँत रोग विशेषज्ञहरूले विभिन्न समस्या र रोगहरूको परामर्श, चेकजाँच र उपचार सेवा प्रदान गरेका थिए। ग्रामीण क्षेत्रका नागरिकहरूको स्वास्थ्य पहुँच र सेवामा सहयोग पुर्याउने उदेश्यले स्वास्थ्य शिविर गरिएको आयोजक समाजका अध्यक्ष शिवलाल घिमिरेले बताए ।

स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा बोल्दै पाणिनि गाउपालिकाका अध्यक्ष टेकराज न्यौपानेले स्वास्थ्य शिविरको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिदै सबै सम्पर्क समाजहरुको उदेश्य समाजसेवा भएको उल्लेख गरेका थिए । आउदा दिनहरुमा थप सामाजिक कार्यमा लाग्न अनुरोध गर्दै पाणिनिलाई समृद्ध बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको बताएका थिए ।

आँखा तथा दाँत रोग विशेषज्ञहरूद्वारा समस्या र रोगहरूको परामर्श, चेकजाँच र उपचार सेवा पाउदा स्थानीय हर्षित भएका थिए । सेवाग्राहीलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो। शिविरले स्थानीय जनतामा स्वास्थ्यप्रति सजगता जागृत गराउन र उपचार सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ । कार्यक्रम सम्पर्क समाजका महासचिव प्रकाश गैरैको संचालनमा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?