पाणिनी गाउँपालिकामा ई-हाजिरी प्रभावकारी बन्दै, सुशासनमा सुधार भएको दाबी

अर्घाखाँची । पाणिनि गाउँपालिकाले आफ्ना कर्मचारीहरूमा अनिवार्य ई-हाजिरी प्रणाली लागू गरेपछि कर्मचारीहरूको नियमित उपस्थिति र सुशासनमा सुधार भएको दाबी गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले यो प्रणालीले कर्मचारीहरूलाई समयमै कार्यालय उपस्थित गराउन उत्प्रेरित गर्नुका साथै सेवाग्राहीलाई प्रभावकारी सेवा दिन मद्दत पुगेको बताए । उनका अनुसार, ई-हाजिरी प्रणाली लागू भएयता कार्यालयमा कर्मचारीहरूको उपस्थिति दरमा उल्लेखनीय वृद्धि देखिएको छ । गाउँपालिकाले यस प्रणालीलाई संस्थागत गर्दै कार्यालयका सम्पूर्ण कर्मचारीहरूलाई नियमित रुपमा ई-हाजिरी गर्ने नियम लागू गरेको छ, जसले गर्दा जनतासँग प्रत्यक्ष रुपमा समन्वय बढाउन र सेवा प्रवाहलाई चुस्त बनाउन सहयोग पुगेको छ।इ-हाजिरीइ-हाजिरी

पाणिनि गाउँपालिकामा हाल वडा कार्यालय तथा स्वास्थ्य संस्थामा सहित गरेर १२८ जना कर्मचारीहरू कार्यरत रहेका छन । यदि कुनै कर्मचारीहरूले बिदा लिनु परे वा काजमा जानु परे अनलाइनबाटै निवेदन दिने र अनलाइन बाटै स्वीकृत हुने अथवा अस्वीकृत हुने ब्यवस्था छ । काजमा गएको कर्मचारीले कहाँ गएको हो ? र किन गएको हो ? सप्रमाण काज नभरेमा अस्वीकृत हुने ब्यवस्था मिलाएको अधिकृत न्यौपानेले बताए । यसले अनावश्यक काज तथा बिदाको समस्या समेत समाधान हुने पालिकाको भनाइ छ ।

यस प्रणालीलाई पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्ने प्रयासको रुपमा हेरिएको छ । कार्यालयको काम कारबाहीमा थप अनुशासन कायम गर्न र सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेलेको अधिकृत न्यौपानेको भनाइ छ । यसले कर्मचारीहरूलाई थप जिम्मेवारीपूर्वक काम गर्न उत्प्रेरित गर्ने देखिन्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?