मालिका इङ्लिस बोर्डिङ स्कुलको वार्षिक उत्सव सम्पन्न

अर्घाखाँची । छत्रदेव गाउँपालिका वडा नम्बर ६, ठूलापोखरामा रहेको मालिका इङ्लिस बोर्डिङ स्कुलमा २०८० सालका उत्कृष्ट विद्यार्थीलाई सम्मान र वार्षिक उत्सव सम्पन्न भएको छ।

स्वर्गीय संस्थापक प्रिन्सिपल चन्द्रमणि पाण्डेको स्मृतिमा आयोजित यस कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलाधर पाण्डेको अध्यक्षता थियो। प्रमुख अतिथि वडा नम्बर ६ का अध्यक्ष कमल पौडेल थिए भने विशेष अतिथिमा कार्यपालिका सदस्य मिना परियारको उपस्थिति थियो।

समारोहमा विद्यालयका संस्थापक मेघलाल रेग्मी, वडा सदस्य नारायण पाण्डे, निवृत्त शिक्षकहरू, समाजसेवी, बुद्धिजीवी, भूतपूर्व शिक्षक, विद्यार्थी र अभिभावकहरूको पनि उपस्थिति रहेको थियो। विद्यालयका प्रिन्सिपल भुवनचन्द्र बन्जाडेले स्वागत मन्तव्य राखेका थिए भने विद्यालयका गतिविधिबारे संस्थापक एवं प्रबन्ध निर्देशक धनेश्वर पाण्डेले जानकारी दिए । कार्यक्रम सञ्चालन शिक्षक विष्णुप्रसाद पाण्डेले गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले नाटक र विभिन्न नृत्य प्रस्तुत गरेका थिए। उपस्थित अतिथिहरूले विद्यालयले जिल्लास्तरीय र गाउँपालिका स्तरीय विभिन्न विधामा उत्कृष्टता हासिल गर्दै आएको बताउँदै विद्यालयको प्रगतिलाई उच्च प्रशंसा गरेका थिए। संस्थापक प्रिन्सिपल चन्द्रमणि पाण्डेको देहावसानपछि हाल धनेश्वर पाण्डे प्रबन्ध निर्देशकको भूमिकामा र रन्जिता पाण्डे विद्यालय अर्डिनेटरको भूमिकामा विद्यालयलाई सफलतापूर्वक सञ्चालन गर्दै आएका छन

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?