अर्घाखाँचीमा राति ९ बजेपछि देउसी-भैलो खेल्न प्रतिबन्ध

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले राति ९ बजेपछि देउसी-भैलो खेल्न प्रतिबन्ध लगाएको छ।

प्रशासनले एक सूचना जारी गर्दै सो प्रतिबन्ध लगाएको हो । जिल्ला प्रशासनका अनुसार, देउसी-भैलो तथा तिहारका अन्य गतिविधिमा आवश्यक सजगता अपनाउनु पर्ने र कुनै पनि प्रकारका अशान्ति र अव्यवस्थित गतिविधि हुन नदिनका लागि यो प्रतिबन्ध लगाइएको जनाएको हो । जिल्ला प्रशासन कार्यालयले परम्परागत रुपमा चलिआएको सँस्कृतिको जगेर्ना गर्दै मर्यादित तथा अनुशासित भएर देउसी भैलो खेल्न भनेको छ ।

प्रशासनले पटाका, आतिशबाजी, जुवा, तास मादक पदार्थ सेवनलगायतका गतिविधिमा संलग्न नहुन समेत सबैमा अनुरोध गरेको छ। यदि यस्तो कार्यहरूमा संलग्न पाइए कानुनी कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?