अर्घाखाँचीकाे ढुङ्गेदेउरालीमा ट्याक्सी दुर्घटना, १ काे अवस्था गम्भिर

सुर्य भुसाल, अर्घाखाँची । गुल्मिको पिपलधारा बाट खनदह हुँदै सन्धिखर्क तर्फ जादै गरेको ट्याक्सी दुर्घटनामा परेकाे छ । साेही दिशा तर्फ जाँदै गरेकाे एउटा बाइक लाई खन देउरालीमा ठक्कर दिएर भागेकाे ईन्डियन नम्बर प्लेट  HR 55 AU 8793 काे ट्याक्सी पुन: आफै दुर्घटनामा परेकाे छ ।

मालारानि ४ खन देउरालीमा ठक्कर दिएपछि अगाडि आउने क्रममा ट्याक्सी सनपा ११ र मालारानि ४ खनको सिमानामा पर्ने ढुङ्गे देउरालीमा दुर्घटना भएको, दुर्घटनामा परि १ जना गम्भीर घाईते भएको र घाइतेको उद्दारकार्य जारि रहेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनु भयो ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रहरीको प्रहरी टोली, खन ईलाका प्रहरी कार्यलय जिल्ला ट्राफिक प्रहरीको टोली घटना स्थलमा पुगि उद्दार गरिरहेको छ । थप बिबरण आउन बाँकि छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?