सहकारी मार्फत कृषकको उत्पादन बजारीकरण गर्न गाँउपालिकाले सहयोग गर्छ ः अध्यक्ष शाहा

प्युठान,    सहकारीलाई उत्पादन र रोजगारीसंग जोड्नसके मात्र सहकारी सफल हुने ऐरावती गाँउपालिका अध्यक्ष नविलबिक्रम शाहले बताउनुभएको छ । मुलुकको आर्थिक समृद्धिको एउटा खम्बा सहकारी भएको बताउदै उहाले स्थानीय उत्पादनलाई बजारीकरण गर्दै सदस्यको आर्थिक समृद्धि गर्नमा लाग्न सहकारीकर्मिलाइ आग्रह समेत गर्नुभयो ।

ऐरावती बहुउद्धेश्यीय सहकारी सस्था लिमिटेड बरौला प्युठानको दोस्रो साधारणसभा तथा प्रथम अबिधेशनको उद्घाटन गर्दै शाहले कृषकले उत्पादन गरेको उपज बजारीकरण गर्न सहकारीहरुलाइ गाँउपालिकाले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ऋण लगेर फजुल खर्च गर्ने, आर्थिक अपचलन गर्ने जस्ता विकृतीका कारण अहिले धेरै सहकारी समस्यामा परेको बताउदै उहाले निती,बिधि र नियम बमोजिम लगानी गर्नपनी आग्रह गर्नुभयो ।
छोटो समयमै ऐरावती सहकारीले गरेको सफलतालाई धन्यवाद दिंदै उहाँले आगामी दिनमा अझ उत्कृष्टता हासिल गर्न शुभकामना व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा सचिव महेन्द्र राउतले गत आ.व.को प्रगती तथा चालु आ.व.को निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषध्यक्ष जलजला थापाले आर्थिक प्रगती प्रस्तुत गर्नुभएको थियो ।


त्यस्तै ऋण उपसमिती संयोजक गोबिन्द बहादुर थापाद्धारा लगानी प्रतिवेदन पेश गरीएको थियो ।
अबिधेशनले जयगोपाल श्रेष्ठको अभ्यक्षतामा नौ सदस्यी सञ्चालक समिती चयन गरेको छ । जसको उपाध्यक्षमा कालिका सुनार,सचिवमा महेन्द्र राउत,कोषध्यक्षमा जलजला थापा चयन हुनुभएको छ ।

समितीको सदस्यमा हिनल थापा,इन्दिरा बुढामगर,रेशम थापा,गोपाल नेपाली र मधु आचार्य रहनुभएको छ ।
कार्यक्रम अमर रेश्मी मगरको अध्यक्षता,नविलबिक्रम शाहाको प्रमुख आतित्थ्यता र सागर रीजालको सञ्चालनमा सम्पन्न भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?