घ वर्गका निर्माण व्यवसायीहरूका लागि सार्वजनिक खरिद व्यवस्थापन तालिम गर्दै पाणिनी गाउँपालिका

अर्घाखाँची । पाणिनि गाउपालिकाले घ वर्गका निर्माण ब्यवसायीहरुका लागि २ दिने सार्वजनि खरिद व्यवस्थापन सम्बन्धी तालिम दिने भएको छ ।

पाणिनि गाउपालिकाको सभाहलमा भोलि र पर्सि हुने कार्यक्रमकाे तयारी पुरा भएको गाउपालिकाले जनाएको छ । गाउपालिकाले पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी गराएको हो । गाउँपालिकाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिकाका इन्जीनीयर मोहराज पौडेले सबै तयारी पूरा भइसकेको र तालिममा सहभागी व्यवसायीहरूले सार्वजनिक खरिद प्रक्रियाबारे प्राविधिक ज्ञान तथा कानुनी जानकारी हासिल गर्ने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले तालिमले गाउपालिकामा निर्माणका काममा देखिने विविध समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार तालिमको उद्देश्य सार्वजनि खरिद व्यवस्थापन गर्नु, निर्माण कार्यको गुणस्तर सुधार र पारदर्शिता सुनिश्चित गर्नु रहेको छ ।

निर्माण ब्यवसायीहरुले निर्माण गर्ने संरचना दिगो तथा प्रभावकारी बनाउन पनि यो तालिम आवश्यक रहेको भन्दै पाणिनि गाउँपालिकाका उपाध्यक्ष नर्मदा पौडेलले सम्पूर्ण घ वर्गका निर्माण ब्यवसायीहरुलाई उपस्थितीको लागि अनुरोध गरिन ।

कार्यक्रममा अर्घाखाँची जिल्लाभरका निर्माण व्यवसायीहरूको उपस्थिति सुनिश्चित गर्न पहल भइरहेको र सहभागीहरूलाई आवश्यक सामग्री र सहजीकरण उपलब्ध गराइने बताइएको छ । तालिम गाउपालिकाको आयोजना र प्राविधिक विशेषज्ञहरूको सहकार्यमा सञ्चालन हुनेछ। यो तालिमले स्थानीय निर्माण व्यवसायीहरूलाई थप दक्ष र जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?