पाणिनि : लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सूरु

अर्घाखाँची । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सूरु भएको छ । नोभेम्बर २५ देखिसुरु हुने यो अभियान पाणिनि गाउपालिकामा पनि एक कार्यक्रमका विच सुरुवात गरिएको छ ।

“हामि सबैको प्रतिबद्धता: लैंगिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता” भन्ने राष्ट्रिय नारा सहित अभियान सुरु गरिएको हो । पाणिनि गाउँपालिकाका उपाध्यक्ष नर्मदा पौडेल गौतमको अध्यक्षता र महिला विकास निरिक्षक निर्मला चालिसेको संचालनमा सरुवात गरिएको उक्त कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, कर्मचारी, विभिन्न संघसंस्था, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

हरेक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिन मनाइने यो अभियान पाणिनि पालिकामा हरेक वर्ष संचालन हुदै आएका छन् । सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो । कार्यक्रममा मन्तब्य राख्दै पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले लैंगिक विभेद कानुनी रुपमै दण्डनीय भएको भन्दै यसको कार्यान्वयनमा हामी सबै लाग्नु पर्ने बताइन ।

१६ दिने अभियानको पहिलो दिन प्रतिबद्धतामा समेत हस्ताक्षर गरिएको थियो । “म हिंसा गर्दिन, गरेको सहन्न र कसैले गरेमा यसको विरुद्धमा आवाज उठाउछु” भन्ने प्रतिबद्धतामा हस्ताक्षर गरिएको छ । कार्यक्रममा बोल्दै पाणिनि गाउपालिकाका उपाध्यक्ष नर्मदा पौडेलले लैंगिक हिंसा अन्त्यको लागि आफैबाट सुरुवात गर्न जरुरी रहेको बताइन । उनले लैंगिक हिंसाको सिकार पुरुषभन्दा वढि महिला हुनुपरेको उल्लेख गर्दै यो अभियान १६ दिन मात्र नभई ३ सय ६५ दिन नै संचालन गर्नुपर्ने बताइन ।

हिँसामा परेका महिलालाई नजिकैको प्रहरी, राष्ट्रिय महिला आयोग वा मानव अधिकार संस्थाहरूमा उजुरी दिएर न्याय प्राप्तिको लागि आवश्यक सहयोग माग्न अभियानमार्फत आह्वान गरिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?