फ्रान्सको मेयोट क्षेत्रमा शक्तिशाली आँधी : ११ जनाको ज्यान गयो

फ्रान्सको हिन्द महासागरमा रहेको मेयोट टापुमा चिडो नामक शक्तिशाली आँधीका कारण ११ जनाको ज्यान गएको छ । झन्डै एक सय वर्षमा यस क्षेत्रमा शक्तिशाली आँधी आएको समाचार संस्था एएफपीले जनाएको छ ।

आँधीको समयमा हावाको वेग दुई सय २५ किलोमिटर प्रतिघण्टाको दरमा थियो । आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान छ । हावाहुरीका कारण मेयोट क्षेत्रमा बिजुली अवरुद्ध हुनुका साथै खानेपानीको आपूर्ति बन्द छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले देशको प्रशासन मेयोट क्षेत्रका नागरिकको साथमा रहेर सहयोग गर्ने बताउनुभएको छ । उद्धारका लागि दुई सय ५० अग्नि नियन्त्रक र सुरक्षाकर्मीलाई मेयोटमा पठाइएको खबरमा उल्लेख छ ।

आँधीले मेयोटमा रहेका सबै अस्थायी घरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । सन् १९३४ देखि मेयोटमा यति तिब्र गतिको आँधी नआएको गृहमन्त्री ब्रुनो रिटेलोले बताउनुभएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?