उद्यमबाटै गाँउमै उधुम मच्चाउदै सुरजलाल चौधरी

दाङ     लमहि न.पा. २ का सुरजलाल घाँस खेती बाटै लाखौको आम्दानी गरीरहेका छन् । दुई कट्ठा बाट सुरु गरेका उनले हाल घाँस खेतीलाई बिस्तार गरी २२ कटठामा पुर्याएको बताउछन् । दाङ्ग जिल्लाको लमहि नगरपालिका वार्ड नं.२ बरुवा गाउमा जन्मिएका उनले हाल सोहि गाँउमै व्यबसायिक घाँस नर्सरी मार्फत देशैभरी आफ्नो नाम पुर्याउन सफल भएकाछन् ।
उनले व्यबसायिक घाँस खेतीमै लागेर बार्षिक १६ लाख सम्म आम्दानी गर्ने गरेको बताउछन् ।

उत्पादन गर्ने खेतमा घाँस खेती गर्दा सुरुमा आफुलाई गाउलेले समेत खिसि गर्ने, होच्चाउने गरेको भन्दै उनले भन्छन् “अन्न लगाउने खेतमा घाँस लगाइस् अब घाँुस खाएर बस ।” पछि घाँस बाटै गरेको प्रगती देखेर सबैजना अचम्मीत बनेका छन् ।
चौधरीले उत्पादन गरेको घाँस स्थानिय क्षेत्र संगै प्युठान, रोल्पा, रुकुम, सल्यान र बझाङ सम्म बजारीकरण गर्ने गरेका छन् । किम्बु, मोलाटो, नेपियर, बडहर, बकाइनो, इपिल लगाएतका घाँसको नर्सरी स्थापना गरी बजारीकरण गर्ने गरेका छन् ।
२०६९ सालमा कामकै लागी इजरायल पसेका चौधरी ७० सालमा स्वदेशमै केहि गर्ने सोचका साथ फर्कि उद्यम सुरु गरेका थिए । हेफर इ.नेश्नल नेपाल द्धारा सञ्चालित परीयोजनाबाट पाएको पे्ररणाबाट व्यबसायिक घाँस खेती तर्फ आफु आकर्षित भएको उनले बताउछन् ।


व्यबसायिक घाँस खेती मार्फत आफ्नो व्यबसायको सुरुवात गरेका उनले घाँस संगै आफ्नो व्यबसायको क्षेत्रलाइ समेत बिस्तार गर्दै गइरहेका छन् । हाल उनी तरकारी खेती बंगुर पालन, भेटेरीनरी पसल लगाएतका उद्यमसंग जोडिएर थप व्यबसायिक सफलताको बाटोतर्फ उन्मुख रहेको देखिन्छ । आफ्नो व्यबसायमा उनले प्रत्यक्ष अप्रत्यक्ष रुपमा १० जना स्थानियलाइ समेत रोजगारी दिएका छन् ।
एस.एल.सि. सम्मको अध्ययन पछि बेरोजगार भई बसेका चौधरी दैनिक ज्यालादारी गरेरै आफ्नो परीवार पाल्ने गर्दथे । केहि नया कामको सुरुवात गर्ने सोचका साथ उनले समुहबाट १५ हजार ऋण लिएर व्यबसायको सुरुवात गरेका थिए । व्यबसाय बिस्तार गर्ने क्रममा थप ८ लाख ऋण बैक मार्फत थपगरी घाँस उत्पादन तथा बजारीकरण लाई प्रभाबकारी बनाउन उनी सफल बने । जुन अहिले बढेर ५० लाख पुगेको छ । बिभिन्न व्यबसायबाट मासिक ३ लाख सम्म आम्दानी हुने गरेको उनको भनाइ रहेको छ । यसरी हेर्दा उनले स्थानिय स्तरमै सानो लगानी बाट बिस्तार गर्दै आफ्नो उद्यमबाट उधुमै मच्चाएको देख्न सकिन्छ ।

घाँस उत्पादन परिमाण लाई अझ बिस्तार गर्ने सोच रहेको बताउने चौधरीले बजारीकरणमा भने कहिलेकाहि समस्या हुने गरेको गुनासो गरे । उत्पादनलाई बजारसंग जोड्न कुनै निकायबाट सहयोग भएमा हाल भएको उत्पादनको ३ गुणा सम्म बढाउन सकिने उनको भनाई छ ।
कामकै खोजिमा बिदेशीने लाखौ युवाहरुलाई सुरजलाल भन्छन् “मेहनत, धैर्यता, लगनशिलता भएमा “मासिक १ देखि डेढ लाख सम्म कमाउन कहि जानु पर्दैन ।”


उनले बिभिन्न सरकारी तथा गैरसरकारी निकायहरुबाट करीब ७ लाख रुपैया रकम अनुदानको रुपमा प्राप्त गरेका छन् । उनको मेहनत र व्यबसायीक सफलता संगै उनलाइ थप प्रोत्साहन गर्ने निकायको सहयोग पनी व्यबसायिक दिगोपनको लागी कोशेढुङ्गा सावित हुदै गएको छ ।
दाङ्गका सुरजलाल चौधरी उद्यमशिलतामा आफु मात्र सफल भएका छैनन् स्वदेशमै केहि गर्न सकिन्छ भन्ने उदाहरण समेत बनेका छन् । सुरजलाल जस्तै मेहनती धैर्यवान तथा परीश्रमी बन्न सके जो कहिले पनी व्यबसायिक सफलता हासिल गर्न सकिन्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?