जनसेवा माविको शैक्षिक भ्रमण : आन्तरिक पर्यटन प्रवर्द्धन र स्थानीय पाठ्यक्रम केन्द्रित

शैक्षिक भ्रमणका लागि पहिला आफ्नै स्थानबाट शुरु गर्नुपर्छ भन्ने मनसायबाट प्रेरित भई आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने साथै स्थानीय विषयमा अध्ययन गर्नुपर्ने पाणिनिकै घुम्न आवश्यक र आफ्नै पालिकामा भएका अवलोकन बाकी रहेका धार्मिक , ऐतिहासिक स्थानहरूको भ्रमण गराउँदै जनसेवा माध्यमिक विद्यालय पाणिनी ७ झन्द्रेकले नयाँ सुरुवात मात्र गरेको छैन, एउटा उदाहरणीय कार्यपनि सफलतापूर्वक सम्पन्न गरेको छ । 

आज शुक्रबार पाणिनी गाउँपालिकामा अवस्थित दुर्वाशेश्वर गुफाबाट अवलोकन शुरु भएको जनसेवा माध्यमिक विद्यालयका विद्यार्थीहरूको शैक्षिक अध्ययन अवलोकन भ्रमण पाणिनिकै आर्थिक समृद्धिको सम्भावना बोकेको पाणिनी १ पणेनाको सिम्लेमा अवस्थित सुन्तला बगैँचाको अवलोकन पनि महत्त्वपूर्ण रहेको विद्यालयले जनाएको छ । 

सुन्तला बगैँचाको अवलोकनबाट विद्यार्थीहरूमा देशभित्र पनि प्रचुर सम्भावनाहरू छन र गर्न सके त्यस्ता सम्भावनालाई परिणाममा रूपान्तरण गर्न सकिन्छ भन्ने भावनाको विकास गराउन सकिने विश्वास विद्यालयको रहेको छ । 

त्यस्तै देशभर मात्र नभै विदेशमा समेत चर्चा कमाएको पाणिनी तपोभूमिको अवलोकनले पनि विद्यार्थीहरूमा हाम्रै ठाउँमा घुम्न लायक प्रशस्त स्थानहरू छन भन्ने कुराको पुष्टि गरेको विद्यालयका शिक्षक माधव बेल्बासे बताउनुहुन्छ ।

संस्कृत व्याकरणको प्रादुर्भाव भएको र पाणिनी ऋषिले तपस्या गरेको निश्चल पवित्र क्षेत्रको भ्रमण अनुपम रहेको विद्यार्थीहरूले बताएका छन । यसैगरी पाणिनी गाउँपालिकाको वडा न. ४ मा रहेको स्थानीय कृषकहरूलाई स्थापित गर्न सफल छुर्पी उद्योगको अवलोकन गर्न पाउँदा सकारात्मक सोच र  व्यावसायिक इमान्दारिताबाट हाम्रा खेर जाने कम महत्वका बस्तु पनि विदेश निर्यात गरेर आम्दानी गर्न सकिने कुरा विद्यार्थीहरूले सिकेको महसुस विद्यालयले गरेको छ ।

 

विद्यालयका प्रधानाध्यापक शालिकराम बेल्बासेले स्थानीय पाठ्यक्रम सहजिकरणका लागि यो नै उत्तम शैक्षिक कार्यक्रम हुने ठानेर स्थानीय स्तरका स्थान, व्यवसायउद्योगहरूको अवलोकन कार्यक्रम आयोजना गरिएको बताउनुभएको छ  ।

१ दिने भ्रमणका क्रममा कक्षा ५ देखि ७ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो । 

विद्यालयले भ्रमणका क्रममा सहयोग गर्नुहुने सिम्लेका सुन्तला व्यावसायी, तपोभूमि व्यवस्थापन समितिका अध्यक्ष सहित पदाधिकारी र छुर्पी उद्योगका संचालक समेत सहयोगी सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गरेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?