बुटवलमा त्रिपिण्डी श्राद्ध एवम् वास्तु विषयक गोष्ठी सुरु 

बुटवल ।
विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवल–१२ नयाँगाउँमा दुई दिवसीय त्रिपिण्डी श्राद्ध एवम् वास्तु विषयक गोष्ठी शुक्रबारदेखि सुरु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मुक्तिनाथ धामका प्रमुख संरक्षक १००८ स्वामी लोकानन्दजी महाराजले ज्योतिष शास्त्रले ब्रह्माण्डको नियमलाई पत्ता लगाई ग्रहहरुको प्रभाव प्राणीजातिमा कसरी पर्दछ भन्ने बैज्ञानिक आधार प्रस्तुत गरेको बताए । त्यस्तैगरी बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले हिन्दु धर्मदर्शन आध्यात्मिक र बैज्ञानिक भएकाले यसलाई आत्मसाथ गर्नुपर्ने बताईन् । त्यस्तैगरी नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले हिन्दु धर्म र संस्कृति नैतिक आचरणयुक्त संस्कारबाट अगाडि बढेको बताए ।

कार्यक्रममा प्रा.डा. बाबुराम ज्ञवालीले ज्योतिष तथा हिन्दु धर्म शास्त्रमा बैज्ञानिक दृष्टिकोण र व्यवहार मुखरित रहेको बताए । गीता प्रचारप्रसारका अभियान्ता चुरामणि पाण्डेले गीताका वाणी र शब्दले विश्वलाई मार्गदर्शन गरेको बताए । विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ज्योतिष जनार्दन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपमहासचिव चिरन्जीवी पौडेल र कार्यक्रमको उद्देश्यबारे सदस्य खेमराज भण्डारीले प्रकाश पारेका थिए ।

गोष्ठीमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका धर्मशास्त्र प्रमुख प्रा.डा. देवमणि भट्टराईले त्रिपिण्डी श्राद्धको औचित्य र विधि विधान, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक दिनानाथ पण्डितले जन्मकुण्डलीमा पितृदोष, समस्या र समाधानबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपाल ज्योतिष परिषद्का उपाध्यक्ष सुन्दर भण्डारी,
पञ्चाङ्ग निर्णायक संघका उपाध्यक्ष ज्योतिष ज्ञानप्रसाद भण्डारी, गोरक्ष एवम् धार्मिक अभियान्ता पुरुषोत्तम पाण्डेलगायतले मन्तव्य दिदै आध्यात्मिक चिन्तन र धार्मिक अनुष्ठानका रुपमा आयोजित यो भव्य गोष्ठी निकै फलदायी हुने बताए । दुई दिन पुस १३ गते सम्म चल्ने उक्त गोष्ठीको दोस्रो दिन ज्योतिषशास्त्रमा वास्तु विज्ञानको वैज्ञानिक महत्वबारे प्रकाश पारिने आयोजकले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?