आलु खेतीमा रमाइरहेका धातिवाङका कृषक

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका, वडा नं. ६ धातिवाङ्गका किसानहरूले पछिल्लो समय आलु खेतीलाई विशेष प्राथमिकता दिएका छन्। हराभरा आलु बोटले भरिएका बारीहरू हेर्दा कृषकको मेहनत र प्रकृतिसँगको साइनो स्पष्ट देखिन्छ। यहाँका किसानहरूको अनुहारमा आलु खेतीबाट राम्रो आम्दानी हुने आशा झल्किन्छ।

यहाँका कृषकहरूका लागि आलु खेती खेलजस्तै रमाइलो छ। बारी खनजोत गरेर आलु रोप्नेदेखि नदेखिएको आलु खोज्नेसम्मको प्रक्रिया रमाइरहेका हुन्छन कृषकहरू ।  धातिवाङ्गका श्यामलाल पौडेलले ५० देखि ६० रोपनी जमिन लिजमै लिएर आलु लगाउनुभएको छ । उहाँले यस व्यवसायबाट मनग्य आम्दानी गर्नुभएको छ । उहाँ अगुवा कृषक मात्र होइन, गाउँमै सम्भावना देखेको एक उदाहरणीय पात्र पनि हो । उहाँको आलुको माग पाणिनीमा मात्र होइन जिल्ला भर नै छ ।  

यहाँका कृषकहरूका अनुसार आलु खेती सिजनमा धेरै व्यस्त समय भए पनि राम्रो मिहिनेत गरे प्रतिफल उत्साहजनक हुन्छ। परम्परागत बालीको तुलनामा आलु खेतीले छिटो आम्दानी दिन्छ। यहाँका कृषक वर्षमा २ सिजन आलु उत्पादन गर्छन । ४० रोपनी जग्गामा आलुखेती गरेका अर्का धातिवाङकै कृषक हुनुहुन्छ मुम बहादुर विश्वकर्मा । उहाँ अहिले एक सिजन आलु उत्पादन गरी फेरी लगाउने तयारीमा हुनुहुन्छ । विगत १० वर्ष देखि आलु खेतीमै आत्मनिर्भर बनेका विश्वकर्मा मेहनत गरे नेपाल मै बसेर राम्रो आम्दानी गर्न सकिने बताउनुहुन्छ । उहाँले सरकारले आलु उत्पादक कृषकहरूलाई संरक्षण गर्नुपर्ने बताउनुहुन्छ ।

पाणिनी गाउँपालिकाले कृषकहरूलाई आधुनिक खेतीप्रणालीमा जोड दिन प्रशिक्षण र अनुदान कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ। गाउँपालिकाका कृषि शाखा प्रमुख मेघराज पौडेलका अनुसार स्थानीय कृषकले आलु उत्पादनलाई थप व्यवसायिक बनाउन बजारमा सिधै बेच्ने र भण्डारण तथा प्रशोधन उद्योग स्थापना गर्ने योजना गाउँपालिकाले बनाएको छ ।


धातिवाङको उचाइ र यहाँको माटो आलु खेतीका लागि उपयुक्त छ। आलुको उत्पादन राम्रो हुनुमा यस क्षेत्रको जलवायु पनि मुख्य कारण मानिन्छ। यहाँको आलु स्वादिलो र राम्रो गुणस्तरको हुने हुँदा स्थानीय बजारमा यसको माग उच्च छ। आलु खेतीले यहाँका किसानहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ।

यस वर्ष मात्र १० हेक्टर क्षेत्रफलभन्दा धेरैमा आलु खेती भएको छ । धातिवाङ बिउ आलुको समेत उत्पादनको केन्द्र हो । यहाँ यसवर्ष झण्डै १०० मेट्रिक टन आलु उत्पादन हुने अनुमान गरिएको छ । कृषकहरूले सबै क्षेत्रमा व्यवसायीक आलु उत्पादनमा लाग्ने हो भने यो वर्षको तुलनामा ५ गुणा बढि आलु उत्पादन हुने विश्वास लिएको छ । तर, सबै कुरा सहज भने छैन। आलु खेतीमा रोग, किरा र मौसम परिवर्तनले असर पार्न सक्छ।

यहाँका कृषकहरूका लागि आलु खेती जीविकोपार्जनको माध्यम बनेको छ। सिजन अनुसारका आधुनिक खेतीपद्धतिहरू प्रयोग गर्न सके कृषकको मेहनत झन् फलदायी हुने आशा गरिएको छ। कृषकहरूको मेहनत र प्रकृतिसँगको सहकार्यले आलु खेतीलाई सफल बनाएको छ। यदि यो प्रगति निरन्तर रह्यो भने, पानिनी कृषि क्षेत्रमा उदाहरणीय बन्नेछ । यसका लागि स्थानीय सरकार कृषिमैत्री हुनै पर्छ । 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?