लागु औषधसहित सन्धिखर्कबाट पाँच जना पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा लागु औषध सहित पाँच जना पक्राउ परेका छन् । दुई छुट्टाछुट्टै स्थानमा पाँच जना पक्राउ परेका हुन् ।

सन्धिखर्क नगरपालिका–१०, बिहारमा चेकजाँच गर्दा सन्धिखर्क–१ का प्रतिक भनिने शिलबन्दु कँडेललाई लागु औषधसहित प्रहरीले पक्रेको छ । २४ वर्षिय कँडेलको साथबाट पाँचसयको नोटमा लुकाई राखेको अवस्थामा ३६० मिलिग्राम ब्राउन सुगर फेला परेको हो ।

यस्तै सन्धिखर्कमा बुटवलबाट आउँदै गरेको हाईस चेकजाँचको क्रममा लागु औषधसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पक्राउ पर्नेमा सन्धिखर्क–१० का २१ वर्षिय कमल प्रसाद खत्री, सन्धिखर्क–१ का २० वर्षिय सुरज कुमाल, २० वर्षिय सुजन नेपाली र १९ वर्षिय सुमित रायमाझी रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

उनिहरुको साथबाट १३० मिलिग्राम ब्राउन सुगर नामक लागु पदार्थ फेला परेको हो । पाँचै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान जारी छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?