अर्घाखाँची : पाणिनि गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

पाणिनि गाउँपालिकाको आयोजनामा बिहीबार अपाङ्गता परिचयपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउपालिका भित्र रहेका अपाङ्गहरूलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गमा वर्गीकरण गरिएको छ । कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरूको परिक्षण गरि अपाङ्गताको अवस्थाको हेरी चिकित्सकहरूको सिफारिसको आधारमा ३६ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

[su_pullquote align=”right”]३ जनालाई ‘क’ वर्ग, २४ जनालाई ‘ख’ वर्ग, २ जनालाई ‘ग’ र ७ जनालाई ‘घ’ वर्गमा वर्गीकरण[/su_pullquote]

न्यौपानेका अनुसार १ जना पुरुष २ जना महिला गरि ३ जनालाई ‘क’ वर्ग, १६ जना पुरुष, ८ जना महिला गरि २४ जनालाई ‘ख’ वर्ग, १ जना पुरुष १ जना महिला गरि २ जनालाई ‘ग’ वर्ग र ५ पुरुष २ महिला गरि ७ जनालाई ‘घ’ वर्गमा वर्गीकरण गरि परिचयपत्र वितरण गरिएको छ ।

अपाङ्गताको अवस्था वर्गीकरण र अवस्थाको आधारमा अपाङ्गता भएका ब्यक्तिले पाउने सेवा, सुविधा र अवसरको प्राथमिकीरण गर्न सहज होस भनी अपाङ्ग परिचयपत्र वितरण गर्ने गरिन्छ । पूर्ण अशक्त अपाङ्गता भएकालाई ‘क’ वर्गको, अति अशक्त अपाङ्गता भएकालाई ‘ख’ वर्गको, मध्यम अपाङ्गता भएकालाई ‘ग’ वर्गको र सामान्य अपाङ्गता भएकालाई ‘घ’ वर्गको परिचयपत्र वितरण गरिन्छ ।

४ किसिमको अपाङ्गता परिचय पत्र पाएकाहरु मध्ये ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएकाहरूले सङ्घीय सरकारको कार्यक्रम अन्तर्गत भत्ता पाउँदै आएका छन् । ‘क’ वर्गकाले मासिक ४ हजार र ‘ख’ वर्गकाले मासिक करिब २ हजार ४ सयका दरले भत्ता पाउँछन् ।

‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई पालिकाले आत्मनिर्भर बनाउको लागि क्षमता अनुसारको सीपमूलक तालिम समेत दिदै आएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?