पाणिनि पत्रकार समाज, नेपालको विशेष साधारणसभा सम्पन्न

अर्घाखाँची । पाणिनि पत्रकार समाज, नेपालको विशेष साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रम शुक्रबार पाणिनि गाउँपालिकाको केन्द्र दुर्गाफाँटमा सम्पन्न भएको हो। साधारणसभाले संस्थाको आगामी योजनाहरूलाई प्राथमिकता दिँदै विभिन्न निर्णयहरू पारित गरेको छ।

साधारणसभामा समाजका अध्यक्ष भिम विश्वकर्माको नेतृत्वमा सञ्चालित गतिविधिहरूको समीक्षा गरिएको थियो। साथै, सदस्यहरूको सुझावका आधारमा आगामी वर्षका कार्यक्रम र योजना तय गरिएको छ।

कार्यक्रममा पाणिनि पत्रकार समाजका संस्थापक अध्यक्ष प्रकाश प्युठानी, सल्लाहकार, संस्थाका पदाधिकारी, साधारण सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संस्थाका संस्थापक अध्यक्ष प्रकाश प्युठानीले कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय सञ्चारमाध्यमलाई सबल, सशक्त र प्रभावकारी बनाउँदै पत्रकारिताको मूल्य र मान्यतामा आधारित काम गर्न र गराउन सुझाव दिए ।

विशेष साधारणसभामा संस्थाको विधानमा केही संशोधन प्रस्तावहरू पारित गरिएको जानकारी समाजका महासचिव शिवराज बेल्बासेले जानकारी दिए । साथै, स्थानीय स्तरमा पत्रकारिता प्रशिक्षण, अनुसन्धानमूलक समाचार संकलन, र सञ्चार प्रविधिको पहुँच विस्तार जस्ता कार्यमा जोड दिने निर्णय भएको महासचिव बेल्बासेले जानकारी दिए ।

समाजका महासचिव बेल्बासेले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष घनश्याम भट्टराइले आर्थिक प्रतिवेदनपेश गरेका थिए । कार्यक्रमको समापनमा अध्यक्ष भिम विश्वकर्माले सबै सदस्यहरूको सक्रिय सहभागिताका लागि धन्यवाद ज्ञापन गर्दै संस्थालाई अझै बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।

साधारणसभाबाट पारित योजना र प्रस्तावहरूप्रति सबै सहभागी सकारात्मक देखिएका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?