तपोभूमिको प्रचारमा जुट्याे पाणिनि गाउँपालिका, तपोभूमिमा २ दिने वृहत सम्मेलन गर्ने

अर्घाखाँची । पाणिनी तपोभूमिको विकासमा लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले चासो देखाएका छन । 

पाणिनी गाउँपालिकाको ऐतिहासिक र धार्मिक स्थल पाणिनी तपोभूमिको पर्यटन प्रवर्द्धन र विकासका लागि मुख्यमन्त्री आचार्यको निर्देशनमा लुम्बिनी प्रदेश पर्यटन परिषदले अवलोन अनुगमन गरेको छ।

अनुगमन टोलीले पाणिनी तपोभूमिमा रहेका पुरातात्विक, धार्मिक, र पर्यटकीय सम्भावनाहरूको अवलोकन गर्दै त्यस क्षेत्रको संरचना सुधार, प्रचारप्रसार, राष्ट्रिय, अन्तराष्ट्रिय जगतमा पाणिनिको महत्वबारे जानकारी गराउनका लागि पाणिनि तपोभूमिमा २ दिने वृहत सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ । परिषदका कार्यकारी निर्देशक रामु जेसीले पाणिनी तपोभूमि जस्तो ऐतिहासिक महत्त्वको स्थललाई पर्यटन गन्तव्यको रूपमा विकसित गर्न बोर्डले विशेष प्राथमिकता दिएको बताए । 

पाणिनि सम्मेलनमा पाणिनिको बारेमा विशेष जानकारी भएका बिद्वत्त व्यक्तित्वहरूलाई तपोभूमि ल्याएर तपोभूमिको बारेमा थप जानकारी लिने र तपोभूमिको प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने योजना रहेको छ । सम्मलेन आगामी चैत्र अन्तिम र बैशाखको पहिलो हप्ता हुने उद्योग पर्यटन तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेशका बरिष्ठ शाखा अधिकृत गणेश घिमिरेले जानकारी दिए । सम्मेलनको मिति भने आगामी बैठकले तय गर्ने छ ।

पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले पाणिनी तपोभूमिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन गाउँपालिकाले थुप्रै कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिए। उनले यसको विकासका लागि डिपिआर बनाएर अगाडि बढिएको बताए । उनले लुम्बिनी प्रदेश पर्यटन विकास परिषदको सहयोगले यस क्षेत्रमा पर्यटन विकासका सम्भावनाहरू थप सुदृढ हुने विश्वास व्यक्त गरे।

बैठकपछि पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्याैपानेले तपोभूमिमा पर्यटन प्रवर्द्धनका लागि आफ्नो योजना, मुख्यमन्त्री, पर्यटन मन्त्रालय तथा पर्यटन परिषदको सहयोगमा आवश्यक रणनीतिहरू तयार पार्ने र सम्मेलनको आवश्यक बजेट र स्रोत साधनको व्यवस्था गर्ने जानकारी दिए ।

उनका अनुसार यस सम्मेलनले धार्मिक पर्यटनको प्रवर्द्धन मात्र नभई स्थानीय समुदायको आर्थिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्नेछ।पाणिनी तपोभूमिलाई धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकसित गर्न यो सम्मेलन कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?