लागू औषध नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम पाणिनीमा सम्पन्न

अर्घाखाँची । पाणिनी गाउँपालिकामा लागू औषध नियन्त्रण सम्बन्धी तीन महिने अभियान अन्तर्गत युवा लक्षित सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा पाणिनी गाउँपालिका–४ स्थित श्री धौराली माध्यमिक विद्यालयमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइरालाले लागू औषध दुव्र्यसनले युवापुस्तामा पार्ने नकारात्मक प्रभावबारे चर्चा गर्दै सचेतना कार्यक्रमले समाजलाई सकारात्मक दिशा दिने विश्वास व्यक्त गरे।

यस अवसरमा प्रहरी नायब उपरिक्षक चक्र बहादुर मल्ल, प्रमुख कोष नियन्त्रक विष्णु प्रसाद भुसाल, स्वास्थ्य कार्यालयका प्रमुख शिव नेपाली, पाणिनी गाउँपालिकाका शिक्षा अधिकृत तेज बहादुर खनाल, विद्यालयका प्रधानाध्यापक रामलाल पासी, स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुपरभाइजर सुदन गौतम लगायतले लागू औषध दुव्र्यसनको असर, नियन्त्रणका उपाय र विद्यार्थी तथा अभिभावकको भूमिकाबारे आफ्ना धारणा राखेका थिए ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरू, शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा युवाहरूमाझ लागू औषध दुव्र्यसनविरुद्धको चेतना अभिवृद्धि गर्न विभिन्न प्रस्तुति, छलफल तथा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले युवा पुस्तालाई लागू औषधको गलत प्रयोगबाट जोगाउन परिवार, विद्यालय र समाजको भूमिकालाई बलियो बनाउनुपर्नेमा जोड दिएका थिए। साथै, लागू औषध दुव्र्यसन नियन्त्रण गर्न सुरुवात नै रोकथामबाट गर्नुपर्ने भन्दै विद्यार्थीहरूलाई सचेत रहन आग्रह गरिएको थियो।

तीन महिनासम्म सञ्चालन हुने अभियान अन्तर्गत विभिन्न विद्यालयहरूमा सचेतनामूलक कार्यक्रम गरिने आयोजकले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?