पाणिनिको भानु माविमा कक्षा ८ र १० का विद्यार्थीलाई विद्यालयमै बसेर अध्ययनको सुविधा

अर्घाखाँची । पाणिनी गाउँपालिका–५, अर्घाखाँचीस्थित भानु माध्यमिक विद्यालयले कक्षा ८ र १० का विद्यार्थीलाई बिहान ६ बजे देखि साँझ ६ बजेसम्म विद्यालयमै राखेर पढाउन सुरु गरेको छ। विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार दाताहरूको सहयोगमा खाना र खाजासहित विद्यार्थीहरूलाई विद्यालयमै अध्ययन गराउने व्यवस्था गरिएको हो।

विद्यालयका प्रधानाध्यापक जिवलाल पोखरेलका अनुसार यो कार्यक्रम विशेष गरी एसईई दिने विद्यार्थीहरूको अध्ययन सुधारका लागि ल्याइएको हो। नियमित पाठ्यक्रमका अतिरिक्त अतिरिक्त कक्षा, गृहकार्य, अभ्यास, र समूहगत अध्ययनको सुविधा प्रदान गरिनेछ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिलाल भटटराइले दाताहरूको सहयोगले यस्तो सुविधा उपलब्ध गराउन सकिएको बताउँदै विद्यार्थीलाई थप सहज वातावरण मिलाइने बताए। अभिभावकहरूले पनि यस कदमको स्वागत गर्दै यसले विद्यार्थीहरूको शैक्षिक सुधारमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

यो अभियानका लागि विव्यस अध्यक्ष हरिलाल भटटराइ, वि ब्यस सदस्य सुर्य भुसाल, लक्ष्मण सुनार, पूर्व विद्यार्थी झविलाल भट्टराइ र रोमा पोखरेलले खाधान्न तथा पकाउने भाडाहरुको सहयोग गरेका छन भने वडा कार्यालयले भान्सेको ब्यवस्था मिलाएको छ ।

विद्यालयमा बसेर अध्ययन गर्ने विद्यार्थीहरूको व्यवस्थापन, सिकाइको गुणस्तर, र कार्यक्रमको प्रभावकारिता बारे नियमित समीक्षा गरिने विद्यालय प्रशासनले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?