पाणिनी : पालिका स्तरिय कक्षा ३ र ५ को उपलब्धी परीक्षा सञ्चालन हुँदै, तयारी पुरा

अर्घाखाँची । पाणिनी गाउँपालिकाले कक्षा ३ र ५ का विद्यार्थीहरूको सिकाइ स्तर मापन गर्न पालिका स्तरिय उपलब्धि परीक्षा सञ्चालनको तयारि पूरा भएको छ ।

उक्त परीक्षा भोलि, चैत्र ५ गते हुने परिक्षाको लागि प्रश्नपत्र तयारी गरि केन्द्रसम्म पुर्‍याउने काम भइसकेको छ । यस परीक्षामा पालिका भरिका कक्षा ३ का ३१७ जना र कक्षा ५ का ३७६ जना विद्यार्थी सहभागी हुँदैछन्। परीक्षा सञ्चालनका लागि १९ ओटा परीक्षा केन्द्र तोकिएको छ।

गाउँपालिकाले विगत तीन वर्षदेखि उपलब्धि परीक्षा सञ्चालन गर्दै आएको छ। सिकाइ उपलब्धिको आकलन गरि विद्यार्थीको शैक्षिक स्तर अभिवृद्धि गर्न पालिकाले यो परीक्षा महत्वपूर्ण कदमको रूपमा लिएको छ।

परीक्षामा संबंधित कक्षाका सबै विषय तथा सामान्य ज्ञान समेटेर ५० प्रश्नको १०० पूर्णाङ्कको परीक्षा सञ्चालन गरिने गाउँपालिकाका शिक्षा शाखाका बिरेन्द्र गौतमले जानकारी दिए ।

उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई विशेष सम्मानसमेत गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।

गाउँपालिकाले शिक्षाको गुणस्तर सुधार गर्न तथा विद्यार्थीको शैक्षिक उपलब्धि मापन गर्न आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?