ऐरावतीका गाँउ गाँउमा पशु शिविर सम्पन्न

ऐरावती गाँउपालिका वार्ड नं.२ मा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । वार्ड नं.२ को लामीदमारमा हिजो शिविर सम्पन्न भएको प्राविधिक संयोजक खिम बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।


शिविरमा १ सय ९३ जना कृषक लाभान्वित भएका छन् । वडा अध्यक्ष भिमेश कुमार घर्ति मगरको अध्यक्षता, वडा सदस्य कृष्ण बहादुर भैया मगरको आतिथ्यतामा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन गरिएको हो । ऐरावती गाउँपालिका वडा नंं.२ को कार्यालयमा कार्यरत ना.प.से.प्रा आशिष हायु भिटा परियोजना अन्र्तगत वडा नं. २ मा कार्यरत सहजकर्ता सिता पौडेल वडा नं. ६ मा कार्यरत सहजकर्ता नेहा शाह र सामुदायिक कृषि तथा पशु उधमि रचना नेपालि को उपस्थितिमा सम्पन्न गरिएको शिविरमा चितिबास,कमिरे,लामिदमार,मसिना,कात्तिके र सल्लिकोटका कृषक हरुले सेवा लिएका छन् ।


ऐरावती गाँउपालिका प्युठान,हेफर प्रोजेक्ट नेपालको सहयोगमा मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र प्युठानको सहजिकरणमा सञ्चालित कृषि तथा पशु विकासमा आधारीत साना किसान तथा युवा उद्यमशिलता विकास परीयोजना अन्र्तरगत ऐरावतीका दुर्गम गाँउ गाँउमा शिविर सञ्चालन गरीएको हो । कृषकले पालिका तथा वार्ड बाट सेवा प्राप्त गर्न कठिन हुने क्षेत्रलाइ मध्यनजर गरी प्रत्येक वार्डका क्षेत्रमा शिविर सञ्चालन गरी निशूल्क पशु उपचार, पशु बस्तुमा हुने बिभिन्न रोग बिरुद्धका औषधि निशुल्क वितरण,पशु पालन सम्बन्धि प्राविधिक ज्ञान,खसि बनाउने, लगायतका सेवा प्रदान गरीएको थियो ।

वार्ड नंं.१ को माझिदमार,२ को लामीदमार,३ को तालपोखरामा शिविर सम्पन्न गरीएको हो । त्यस्तै वार्ड नं.४ को कैरन , ५ को शरङ्गबेशि र वार्ड नं.६ को हात्तिपाईलामा सम्पन्न गरीएको हो ।
पशु उत्पादन र उत्पादकत्व बढाउने उद्धेश्यका साथ पालिका बाट टाढा रहेका क्षेत्रमा शिविर सञ्चालन गरीएको पालिका अध्यक्ष नविल बिक्रम शाहाले जानकारी गराउनुभयो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?