कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको शुभकामना आदन प्रदान, भित्तेपात्रो विमोचन, कर्मचारीको स्वागत तथा फेरी भेटौला कार्यक्रम सम्पन्न

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले नयाँ बर्ष २०८२ सालको भित्तेपात्रो विमोचन, शुभकामना आदान प्रदान कार्यक्रमका साथै कर्मचारीको स्वागत तथा फेरी भेटौला कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा जिल्ला न्यायधिस शिवलाल पाण्डे, कर्मचारीको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण वर्मा, पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेश खनाल लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा अर्घाखाँचीको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा आउनु भएको झविलाल भट्टराईलाई स्वागत गरिएको छ । सरुवा भएर जानु भएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शिव नेपालीको फेरी भेटौला कार्यक्रम सम्पन्न गरिएको थियो ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक चक्रबहादुर मल्ल लगायत सुरक्षा निकायका प्रमुख, पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, जिल्ला शिक्षा समन्वय इकाई प्रमुख विष्णु बेल्वासे, खानेपानी कार्यालयका डिभिजन प्रमुख रामभरोस यादव, कर्मचारी मिलन केन्द्रका सहसचिवस्वागत थापा, कोषाध्यक्ष हरिस्चन्द्र पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम कर्मचारी मिलन केन्द्रका अध्यक्ष दुर्गा न्यौपानेको अध्यक्षता र सचिव गणेश राज पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?