उपहार प्रदानले कृषकमा ल्याएको खुसि

निधारमा टिका,गलामा माला लगाई शर्मिला गुरुङ्गले पुष्पा आचार्यलाई बाख्रा उपहार गर्दै भन्नुभयो “जुकाको औषधि खुवाएको दुई महिना पुग्यो,वोका लागीसकेको छ,राम्रो संग पाल्नुहोला ।” शर्मिला गुरुङ्गजस्तै एकले अर्कालाई उपहार दिनेक्रम चलिरहयो ।
प्युठान ऐरावती गाउपालिका वडा नं.२ सलेन्धारामा बाख्रा पालक किसान बाट हिजो ३१ वटा बाख्रा उपहार गरीएको छ । सलेन्धारामा गठित लालिगुँरास स्वाबलम्वि समुहले लुङचुङमा रहेको परीवर्तनशिल बहिनी समुहलाई बाख्रा उपहार गरेको हो ।


गाँउपालिकामा सञ्चालन भएको कृषि तथा पशु विकासमा आधारीत सानाकिसान तथा युवा उद्यमशिलता परीयोजनाबाट दुईबर्ष अघि आफुहरुले बाख्रा उपहार पाएकोले ति बाख्रा बाट उत्पादन लिएपछि बहिनी समुहलाई उपहार गरीएको समुह अध्यक्ष रचना गुरुङ्गले बताउनुभयो ।
पहिला हामीले उपहार पायौं,हामी जस्तै अरुले पनी बाख्रा पालनबाट जिवनस्तर सुधार गर्नुपर्छ भन्ने ठानी हामीले नै बनाएको बहिन समुहलाई उपहार गरेका हौ, अध्यक्ष गुरुङ्गले भन्नुभयो ।
बाख्रा उपहार पाउनुभएकी मिना बिश्वकर्माले आफुले पाएको बाख्रा बाट उत्पादन लिएर उद्यमी बनी पुनः आफुहरुले पनी अन्य दिदिबहिनी लाई उपहार दिने बताउनुभयो ।


समुहले उपहार प्रदान गर्ने कार्यक्रममा गाउँपालिका अध्यक्ष,वडा अध्यक्षहरु लगायत सरोकारवाला सबैको रोहवरमा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष नविल बिक्रम शाहाले परीयोजना बाट पाएको सानो स्रोत बाट आफुहरु उद्यमी बनी अरुलाई पनि उद्यमी बन्न प्रेरीत गर्न समुहले गरेको उपहार निकै अर्थपुर्ण भएको बताउनुभयो । साना किसानको आर्थिक समृद्धि बिना गाँउपालकिाको विकास हुन नसक्ने भएकालेनै हेफर प्रोजेक्ट संगको साझेदारीमा परीयोजना सञ्चालन गरीएको अध्यक्ष शाहाको भनाई छ ।


कार्यक्रममा समुहले हालसम्म गर्दै आएका काम तथा प्रगती बारेमा जानकारी गराउदै यस बर्षमा मात्रै खसि बोका बिक्रि गरेर छ लाख रकम आम्दानी गरेको अध्यक्ष गुरुङ्गले बताउनुभयो । बहिनी समुहलाई बाख्रा उपहार संगै उपस्थित पाहुनालाई समुहले आफै उत्पादन गरेका गुन्द्रि,कुचो लगायतका बस्तु समेत उपहार गरेका थिए ।
उपहार कार्यक्रममा उपस्थित क्यानडीयन नागरीक डिन ले किसानको प्रगतीले आफु निकै खुसि भएको बताउदै एक अर्का प्रतिको उपहार आदानप्रदानले थप प्रगतीको बाटो पहिल्याउनेमा आफु बिश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा वडाअध्यक्षहरु, हेफर प्रोजेक्ट नेपालका प्रतिनिधी,मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रका प्रतिनिधि,स्थानिय सरोकारवाला लगायतको उपस्थिती रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?