पाणिनिमा कृषि समस्या र समाधानका उपायबारे अन्तरक्रिया, जोन कार्यक्रमलाई प्रभावकारी बनाउन जोड

अर्घाखाँची । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, सन्धिखर्कको आयोजनामा पाणिनि गाउँपालिकामा कृषि क्षेत्रका समस्या पहिचान तथा समाधानमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सरोकारवालाहरूले स्थानीय आवश्यकता, वातावरण, र कृषकको पहुँचका आधारमा योजना तय गर्नुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले कृषि कार्यक्रमलाई स्थानीय स्तरमै समन्वय गरेर अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “कृषकलाई सेवा लिन जिल्लासम्म धाइरहनु नपर्ने गरी स्थानीय कृषि शाखाबाटै कागजात संकलन तथा प्रक्रिया सहज बनाउनुपर्छ। कागजी प्रक्रिया सरल बनाउनु आजको आवश्यकता हो।”

अध्यक्ष न्यौपानेले पालिकाभित्र रहेका बाख्रा, कफी र सुन्तला जोनहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके आम कृषक लाभान्वित हुने बताउँदै, अनुदानमा मात्रै निर्भर नहुन पनि कृषकलाई आग्रह गर्नुभयो। उहाँले माटो परीक्षण, हावापानी र स्थानीय जनशक्तिको अवस्था अध्ययन गरेर मात्रै कार्यक्रम ल्याउनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेलले उत्पादनपछि बजारीकरणको चुनौती प्रमुख रहेको भन्दै उत्पादन संकलन केन्द्रको स्थापना गरी बजारसम्म सहज ढुवानी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो।

प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले कृषकका वास्तविक आवश्यकताका आधारमा योजना बनाइनुपर्नेमा जोड दिँदै योजना दोहोऱिन नदिन अनुदान प्रक्रिया स्पष्ट पार्न आवश्यक रहेको बताउनुभयो। उहाँले बजारीकरणको लागि न्युनतम समर्थन मूल्य तोकेर अनुदान व्यवस्थापन गर्ने वैकल्पिक उपायसमेत प्रस्तुत गर्नुभयो।

कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू, विषयगत शाखा प्रमुख, पत्रकार तथा कृषक सरोकारवालाहरूले बाख्रा, कफी र सुन्तला जोन कार्यक्रमलाई आवश्यकताअनुसार परिमार्जन गरी प्रभावकारी समन्वयका साथ कार्यान्वयन गर्न सुझाव दिएका थिए।

प्रधानमन्त्री कृषि परियोजना कार्यान्वयन इकाई अर्घाखाँचीका प्रमुख विष्णु मगरातीले २०७४/०७५ देखि २०८१/८२ सम्म जिल्लामा सञ्चालनमा रहेका तरकारी, बाख्रा, कफी र सुन्तला जोन कार्यक्रमबारे सहभागी जनप्रतिनिधिहरूलाई जानकारी गराउनुभयो।

स्थानीय तहको सक्रिय समन्वय, आवश्यकता अनुरूपको योजना तथा कृषकको पहुँचमा आधारित सेवा प्रणालीले मात्रै कृषि आधुनिकीकरणको लक्ष्य हासिल गर्न सकिने कार्यक्रम सहभागीहरूको निष्कर्ष रहेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?