पाणिनिमा बिपद व्यवस्थापन समितिको बैठक सम्पन्न, प्रतिकार्य योजना र कार्यदल निर्माण

अर्घाखाँची । मनसुनको आगमनसँगै हुनसक्ने विपदको जोखिम न्यूनीकरण र प्रभावकारी व्यवस्थापनका लागि पाणिनि गाउँपालिका-स्तरीय बिपद व्यवस्थापन समितिको बैठक शुक्रबार सम्पन्न भएको छ। पालिका अध्यक्ष टेकराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले आगामी ३ वर्षका लागि पूर्व तयारी प्रतिकार्य योजना निर्माण गरेको छ।

बैठकमा बाढी, पहिरो, महामारी, आगलागी, हावाहुरी, डुवान, मानव-वन्यजन्तु द्वन्द्व र खडेरी जस्ता विपदका घटना न्यूनीकरण गर्न विशेष योजना बनाइएको छ। पछिल्लो १० वर्षको बिपद विश्लेषणको आधारमा तयार पारिएको यो योजना कार्यान्वयनका लागि समिति संकल्पित देखिएको छ। बैठकले विपद व्यवस्थापनका लागि आवश्यक सामग्री खरिद गर्ने र तत्कालै उपयोगमा ल्याउने निर्णय समेत गरेको छ।

बैठकमा सहभागीहरुले विपदका घटना शून्यमा ल्याउन नसकेपनि न्यूनीकरण गर्न सबै तहमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

सात सदस्यीय विपद उद्धार तथा प्रतिकार्य कार्यदल गठन

बैठकले विपद उद्धार तथा प्रतिकार्य कार्यदल समेत गठन गरेको छ।

सात सदस्यीय कार्यदलको नेतृत्व वडा नं. ४ का अध्यक्ष हरि प्रसाद घिमिरेले गरेका छन्। सदस्यहरुमा पूर्वाधार शाखा प्रमुख मोहराज पौडेल, स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे, प्रशासन प्रमुख कमल न्यौपाने, रेडक्रस मैदानका सभापति गणेश घिमिरे, प्रहरी चौकी पाली/खिदिम र पत्रकार भिम विश्वकर्मा रहेका छन्।

स्थानीय तहमा यस्तो प्रभावकारी योजना र सक्रिय कार्यदल गठनले विपद न्यूनीकरण र व्यवस्थापनमा नयाँ उचाइ थप्ने विश्वास लिइएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?