ऐरावतीमा किसानलाई उन्नत जातका बाख्रा वितरण

प्युठान ऐरावती गाउपालिका वडा नं.२ लामीदमारमा बाख्रा पालक किसान लाई बाख्रा वितरण गरीएको छ । लामिदमारमा रहेको लामिदमार स्वाबलम्वि समुहका २३ घरलाई ५० वटा उच्च नश्लका बाख्रा उपहार गरीएको हो ।

गाँउपालिकामा सञ्चालन भएको कृषि तथा पशु विकासमा आधारीत सानाकिसान तथा युवा उद्यमशिलता परीयोजना अन्र्तरगत समुहलाई बाख्रा प्रदान गरीएको प्राविधिक संयोजक खिम बहादुर श्रेष्ठले बताउनुभयो ।
ऐरावती गाँउपालिका क्षेत्रमा बाख्रा पालनको प्रसस्त सम्भावना रहेकोले उच्च नश्लका बाख्रा बितरण पश्चात बाख्राको उत्पादकत्व बृद्धि गर्ने उदेश्यले बाख्रा बितरण गरीएको हो ।


कृषि तथा पशुपालनको अबस्था परीवर्तन गरी कृषकको जिवनस्तर सुधार गर्ने हेतुले विगत देखिनै उच्च नश्लका बाख्रा तथा बोका वितरण कार्यलाई निरन्र्तरता दिइरहेको पालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । बाख्रा पालनको परम्परागत विधिलाई परीवर्तन गरी व्यबस्थित गर्न किसानहरुले थालेकोमा आफुहरु खुसि बनेको उहाले बताउनुभयो ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले वितरण गरेका बाख्राको सहि व्यबस्थापन गरी जिवनस्तर सुधार गर्न कृषकहरु लाग्नुपर्ने बताउनुभयो । बाख्रा पालनको सम्भावना र कृषकको आवश्यकता लाई महसुस गरी बाख्रा वितरण गरीएको भन्दै उहाले आगामी बर्ष उत्पादन तथा उत्पादकत्व बृद्धि हुनेमा आफुहरु विश्वस्त रहेको बताउनुभयो ।


सोहि कार्यक्रममा वडा अध्यक्ष भिमेश घर्तिले साना किसानको आर्थिक अबस्था परीवर्तन गर्न पालिकाले चालेको कदममा किसानको हातेमालो भएमा मात्र कार्यक्रम सफल हुने बताउनुभयो ।
बाख्रा प्राप्त गरेछि समुह सदस्यहरुले आफुले पाएको बाख्रा बाट उत्पादन बृद्धि गर्दै आगामी दिनमा आफुजस्तै अन्य किसानलाई उपहारको रुपमा बाख्रा उपहार गर्न आफुहरु तयार हुने बताएका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?