पाणिनि तपोभूमिमा भव्य रुद्राविषेक, श्रावणि मेला तथा बोलबम कार्यक्रम हुँदै

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकामा रहेको ऐतिहासिक पाणिनि तपोभूमिमा यस वर्ष पनि भव्य रुद्राविशेष्क, श्रावणि मेला तथा बोलबम कार्यक्रम आयोजना हुने भएको छ।

श्रावण महिनाभर चल्ने यो मेला श्रावण १ गतेदेखि सुरु भई भाद्र १ गतेसम्म सञ्चालन हुनेछ। पाणिनि तपोभूमि धामका संरक्षक बाबा योगिराजका अनुसार गत वर्षजस्तै यो वर्षपनि बोलबम आयोजना गर्न लागिएको छ । यो १ महिनाको अवधिमा विभिन्न धार्मिक अनुष्ठान समेत हुनेछन।

प्रत्येक वर्षझैँ यस पटक पनि पाणिनि तपोभूमिमा दर्शनार्थी तथा भक्तजनहरूको घुइँचो लाग्ने अपेक्षा गरिएको छ। विशेषगरी श्रावण महिनामा भगवान शिवको पूजा आराधना गर्न र बोलबममा सहभागी हुन विभिन्न स्थानबाट भक्तजनहरू आउने गर्दछन्। २०६९ सालदेखि सुरु गरिएको श्रावणि मेलालाई यस वर्ष भब्य बनाउन र तपोभूमिको प्रचारमा समिति लागि परेको पाणिनि तपोभूमि धामका अध्यक्ष पुष्कर पोखरेललेले जानकारी दिए ।

मेलालाई व्यवस्थित र शान्तिपूर्ण बनाउनका लागि आवश्यक तयारीहरू सुरु भइसकेको आयोजकले बताएको छ। मेलाबाट आन्तरीक तथा बाह्य पर्यटक भित्राउने उदेश्य रहेको धामका सचिव हरि पोखरेलले जानकारी दिए। श्रावण ५ गते कालिगण्डकी गई त्यहाँको जल ल्याएर तपोभूमिमा जलार्पण गर्ने कार्यक्रम समेत रहेको छ । त्यसका साथै पाणिनिकै त्रिवेणि धाम, बाणगंगा धामबाट पनि जल ल्याएर जलार्पण गरिने कार्यक्रम रहेको र सो कार्यमा सबैलाई उपस्थित हुनको लागि सचिव पोखरेलले अनुरोध समेत गरे ।

पाणिनि तपोभूमि पौराणिक तथा धार्मिक महत्त्व बोकेको स्थान हो, जहाँ संस्कृत व्याकरणका प्रणेता महर्षि पाणिनीले तपस्या गर्नुभएको थियो । यस मेलाले धार्मिक महत्त्वका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?