पाणिनिमा प्रत्येक शुक्रबार निःशुल्क आँखा उपचार तथा स्क्रिनिङ सेवा सञ्चालन हुने

अर्घाखाँची । पाणिनि गाउँपालिकामा स्थानीयवासीका लागि निःशुल्क आँखा उपचार तथा स्क्रिनिङ सेवा सञ्चालन गरिने भएको छ।

पाणिनी गाउँपालिकाको पहल, नेपाल नेत्रज्योति संघ, लुम्बिनी आई संस्था आँखा उपचार केन्द्र, सन्धिखर्क अर्घाखाँचीको प्राविधिक सहयोग तथा सेवा नेपालको उपकरण सहयोगमा प्रत्येक शुक्रबार निःशुल्क आँखा उपचार तथा स्क्रिनिङ सेवा सञ्चालन गरिने भएको हो । याे सेवा असार ६ गते शुक्रबारबाट सुरू हुनेछ ।

हाललाई गाउँपालिकाको वडा नं. ३ स्थित आयुर्वेदको भवन बरकारुख मार्फत विशेष आँखा उपचार सेवा सञ्चालन गरिने जनाइएको छ । १५ सैयाको अस्पताल निर्माण भएपछि सो सेवा नियमित सोहि अस्पतालबाट सुचारु गरिने पाणिनि गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरेले जानकारि दिए ।

शिविरमा आँखासम्बन्धी विभिन्न रोगहरूको प्रारम्भिक परीक्षण, उपचार र आवश्यक परे सर्जरीका लागि रिफर गरिने सेवा उपलब्ध गराइनेछ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?