ईरान द्वारा कतार स्थित अमेरीकी बेस क्याम्पमा मिसाइल आक्रमण, कतार सरकार द्वारा घोर आपत्ति

इरानले कतारमा रहेको अमेरिकी एयर बेसमा मिसाइल आक्रमण गरेको छ । इरानी सरकारी सञ्चार माध्यमहरूले शक्तिशाली र विजयी प्रतिक्रिया भन्दै अमेरिका विरुद्ध आक्रमण थालिएको घोषणा गरेका छन् ।

इरानको सरकारी संचालित तास्निम समाचार एजेन्सीका अनुसार, इरानको इस्लामिक रिभोल्युशनरी गार्डले कतार स्थित अल–उदेद एयर बेसमा मिसाइल आक्रमण गरेको हो । सोमबार अबेर राति कतारमा विस्फोटको आवाज सुन्निएको रिपोर्टहरू सार्वजनिक भएका छन् ।

यस अघि बीबीसीका सुरक्षा संवाददाता फ्र्यांक गार्डनरले कतारस्थित अमेरिकी नेतृत्वमा सञ्चालित कोअलिशन एयर अपरेसन सेन्टरमा ‘खतरा’ रहेको रिपोर्ट दिएका थिए । त्यसलगत्तै, कतारस्थित अमेरिकी दूतावासले त्यहाँ रहेका आफ्ना नागरिकहरूलाई अर्को सूचना नआएसम्म सुरक्षित स्थानमा बस्न आग्रह गरेको थियो ।

यस्तै, बेलायतका विदेशमन्त्री डेभिड लाम्मीले पनि कतारमा रहेका बेलायती नागरिकलाई सतर्कता अपनाउन भनेका छन् ।

कतार सरकारले स्थिति गम्भीर भएपछि हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ, जसले गर्दा दोहा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ गइरहेका विमानहरूलाई अन्यत्र मोडिएको छ ।

कतारको परराष्ट्र मन्त्रालयले अमेरिकी एयर बेसमाथिको आक्रमणको कडा निन्दा गर्दै यसलाई कतारको सार्वभौमिकता, हवाई क्षेत्र, अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघको चार्टरको स्पष्ट उल्लंघन भनेको छ । मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले भनेका छन्, ‘कतारको हवाई सुरक्षातन्त्रले इरानी मिसाइलहरूलाई सफलतापूर्वक अवरुद्ध गरेको छ र बेसमा रहेका सबैको सुरक्षाका लागि आवश्यक सबै उपायहरू अपनाइएको छ ।’

उनले आक्रमणमा मानवीय क्षति नभएको जनाउँदै कतारले यस निर्लज्ज आक्रमणको प्रकृति र परिमाणअनुसार उचित जवाफ दिने अधिकार सुरक्षित राख्ने बताएका छन् ।

यसैबीच, अमेरिकी ह्वाइट हाउस र पेन्टागनले पनि अल–उदेद एयर बेसमाथि सम्भावित खतरा रहेको पुष्टि गर्दै स्थिति निगरानीमा राखिएको जानकारी दिएका छन् ।

कतार नेपालीहरूको प्रमुख रोजगार गन्तव्य राष्ट्र हो । कतारमा इरानले गरेको आक्रमणपश्चात् त्यहाँ वैदेशिक रोजगारीमा रहेका करिब साढे ३ लाख नेपाली कामदारहरूमा त्रास बढेको छ ।

कतारसँगै अन्य खाडी मुलुकमा पनि अमेरिकी एयर बेसहरू रहेका छन् । खाडी मुलुकमा रहेका अमेरिकी सैनिक अखडा र सम्पत्तिमा आक्रमण भए ती क्षेत्रमा वैदेशिक रोजगारमा रहेका लाखौं नेपाली प्रभावित हुने देखिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सन्ध्या अर्याल
लेखकको बारेमा

सन्ध्या अर्याल

अर्याल समाचारपोष्ट डटकमकी कतार ब्युरो प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?