अर्जुनदृष्टि, बुटवल । एनएमबि बैंक मणिग्राम शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत ४ थान स्ट्रेचर सहयोग हस्तान्तरण गरेकोछ। रुपन्देही तिलोत्तमा मङ्गलापुर स्थित ईलाका प्रहरी कार्यालयलाइ आकस्मिक दुर्घटनामा उद्दार कार्यको लागि ४ थान स्ट्रेचर हस्तान्तरण गरिएको बैंकले जानकारी दिएकोछ।
स्ट्रेचर सहयोगले तिलोत्तमा नगरपालिका क्षेत्रमा आकस्मिक भैइपरि आउने घटनामा तुरुन्तै उद्दार गर्न सहज हुने बैंकले विश्वास लिइएको छ।
ईलाका प्रहरी कार्यालय मङ्गलापुरका प्रमुख प्रहरी निरक्षक सुनिल थापा नेपालीले एनएमबि बैंकले सुरक्षा र स्वास्थ दुवै क्षेत्रमा देखाएको संवेदनशीलता र सहयोगप्रति आभार व्यक्त गर्दै बैंकले सामाजिक उत्तरदायित्व बहन गर्ने गरेको उदाहरणीय कार्यको प्रशंसा गर्नुभएको थियोे ।
एनएमबि बैंक लुम्बिनी प्रदेश एडिसि सेल्स म्यानेजर युवराज पाठकले स्थानीय आवश्यकतालाइ मध्यनजर गर्दै बैंकले सस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम गर्दै आएको र सोही अन्तरगत मङ्गलापुर प्रहरी चौकीलाइ स्ट्रेचर प्रदान गरिएको बताउनुभयो ।
शाखा प्रबन्धक केशव खनालले आमजनताको रोजाइको एनएमबि बैंक अत्याधुनिक बैंकिङ्ग सेवा सगै सस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आगामी दिनहरुमा पनि गरिने जानकारी दिनुभयो ।
बिडिम आरती कर्णले छिटोछरितो, सरल खाता खोल्ने, डिपोजिट गर्ने, कर्जा प्रदान कार्यहरू लगायत थुप्रै सर्वसुलभ सेवाहरु एनएमबि बैंकले प्रदान गरेकोले सम्पूर्ण आमनागरिक लाभान्वित हुन अनुरोध गर्नुभयो।













