एसईईमा उत्कृष्ट नतिजा ल्याउने भानु माध्यमिक विद्यालयका विद्यार्थी सम्मानित

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नं. ५ स्थित भानु माध्यमिक विद्यालय, मैदानले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू, उनीहरूका अभिभावक तथा शिक्षकहरुलाई विशेष सम्मान  गरेको छ।

विद्यालयले एक भव्य सम्मान समारोहको आयोजना गर्दै अनुशासन, मेहनत र सफलता प्राप्त गर्ने विद्यार्थीहरूसँगै उनीहरूका अभिभावक र शैक्षिक यात्रामा महत्त्वपूर्ण भूमिका खेल्ने शिक्षकहरूलाई समेत सम्मान गरेको हो। यस वर्षको एसइइ मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई माला र मायाको चिनोले सम्मान गरिएको थियो। साथै, उनीहरूलाई उच्च शिक्षाका लागि उत्प्रेरित गर्दै थप सफलताको कामना गरिएको थियो। विद्यार्थीको सफलतामा योगदान पुर्‍याउने शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो भने, अभिभावकहरूलाई आफ्ना सन्तानको शैक्षिक प्रगतिमा देखाएको सक्रिय सहभागिताका लागि धन्यवाद ज्ञापनसहित सम्मान गरिएको थियो। त्यस्तै उक्त नतिजा प्राप्त गर्न जनप्रतिनिधिहरूको सहयोग रहेके भन्दै उनिहरूलाइ समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक जिवलाल पोखरेलले यो सफलता सम्पूर्ण विद्यालय परिवारको सामूहिक प्रयासको परिणाम भएको बताउनुभयो। उहाँले आगामी दिनमा अझ राम्रो शैक्षिक गुणस्तर कायम गर्न विद्यालय कटिबद्ध रहेको र यसका लागि सबैको सहयोगको अपेक्षा गरेको बताउनुभयो।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइराला, पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, भुमि समस्या समाधान आयोगका अध्यक्ष यादव प्रसाद घिमिरे, वडा अध्यक्ष इन्द्रमणि घिमिरे, पूर्व वडा अध्यक्ष जिबलाल घिमिरे, विद्यालय ब्यावस्थापन समिति अध्यक्ष हरिलाल भट्टराई लगायतका बक्ताहरुले विद्यार्थीहरूको सफलतामा विद्यालयको कुशल व्यवस्थापन, शिक्षकहरूको अथक परिश्रम र अभिभावकको निरन्तर सहयोगको महत्त्वपूर्ण भूमिका रहेकोमा जोड दिए । उनिहरुले उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थि तथा अभिभावक र शिक्षकहरुलाई बधाइ ज्ञापन गर्दै विद्यार्थीहरुको आगामि शैक्षिक यात्राको लागि शुभकामना प्रदान गरेका थिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिलाल भट्टराईको अध्यक्षता, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाको प्रमुख अतिथ्यता, शिक्षक छविलाल भट्टराईको स्वागत मन्तब्य तथा प्रधानाध्यापक जिवलाल पोखरेलको संचालनमा सम्पन्न भएको सम्मान कार्यक्रमले विद्यार्थीहरूलाई थप प्रोत्साहन मिल्नुका साथै अन्य विद्यार्थीहरूलाई पनि राम्रो नतिजा ल्याउनका लागि प्रेरणा मिल्ने विश्वास लिइएको छ।

भानु माध्यमिक विद्यालयबाट यस वर्षको एसईईमा सहभागि शतप्रतिशत विद्यार्थि उत्तिर्ण भएका छन ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?