पाणिनि गाउँपालिका वडा नं. ७ : राजस्व संकलन र योजना कार्यान्वयन दुवैमा पालिकामै उत्कृष्ट

अर्घाखाँची । पाणिनि गाउँपालिका वडा नम्बर ७ ले दुई प्रमुख सूचकहरु राजस्व संकलन र योजना कार्यान्वयन दुबैमा उत्कृष्टता हासिल गर्दै पालिकाभित्र सबैभन्दा उत्कृष्ट वडाको रुपमा सम्मान प्राप्त गरेको छ।

गाउँपालिकाको प्रोत्साहन, पुरस्कार तथा सम्मान सम्बन्धी मापदण्ड २०८१ अनुसार मंगलबार सम्पन्न गाउँसभा बैठकमा वडाको समग्र कार्यसम्पादनलाई मूल्यांकन गरी यो सम्मान प्रदान गरिएको हो।

राजस्व संकलनतर्फ वडा नं. ७ ले यो आर्थिक वर्षमा सबैभन्दा धेरै राजस्व कुल ९ लाख ५४ हजार ४ सय ६४ रुपैयाँ ९६ पैसा संकलन गर्न सफल भएको छ।राजस्व शाखा प्रमुख कमल न्यौपानेका अनुसार वडा नं. ८ दोस्रो स्थानमा रह्यो, जसले वडा नं. ७ को तुलनामा १६ हजार रुपैयाँ कम राजस्व संकलन गरेको हो।

त्यस्तै, योजना तथा कार्यक्रम कार्यान्वयनको पक्षमा पनि वडा नं. ७ अग्रस्थानमा देखिएको छ। यस वडाले जेष्ठ मसान्तसम्ममा ६८.९७ प्रतिशत योजना तथा कार्यक्रम सम्पन्न गरेको थियो। कार्यान्वयनको आधारमा वडा नं. २ दोस्रो स्थानमा परेको गाउँपालिकाले जनाएको छ।

सम्मानपछि वडा नं. ७ का वडाध्यक्ष गुनाखर अधिकारिले समाचारपोष्टसंग भने, “स्थानीय जनताको सक्रियता र वडा कार्यालयको समर्पित प्रयासले यो सम्भव भएको हो। यसले आगामी वर्षमा अझ प्रभावकारी योजना कार्यान्वयनको बाटो खोल्नेछ।

गाउँपालिकाका अनुसार यस्तो सम्मानले वडाहरूलाई अझ परिणाममुखी र उत्तरदायी बनाउने विश्वास लिइएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?