अर्घाखाँची : भुमिकास्थानमा पहिरोले पुरिँदा दुईजनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–१० तल्लोपाकुमा पहिरोले पुरिएर दुईजनाको मृत्यु भएको छ।

मंगलबार बिहान करिब ९ बजेतिर घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी ६७ वर्षीया श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ ।

उनीहरू रोजा तुसारेपानीस्थित आफ्नै खर्यानतर्फ गएका थिए। तर समयमै घर नफर्किएपछि खोजीका लागि परिवारले प्रहरीलाई खबर गरेका थिए।

स्थानीयवासीहरूको सहयोगमा खोजतलास गर्ने क्रममा उनीहरू सुक्खा पहिरोले पुरिएको अवस्थामा फेला परेका थिए। ढुंगा लागेर शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका कारण घटनास्थलमै दुवैजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारि प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकािर दिए ।

कानूनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?