श्रीकृष्ण दुग्ध संकलन केन्द्रको सातौं वार्षिकोत्सव सम्पन्न, कृषिमा दीर्घकालीन सोच आवश्यक

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका ४ पटौटिस्थित श्रीकृष्ण दुग्ध संकलन केन्द्रले आफ्नो सातौँ वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष अर्जुन बेल्वासेको अध्यक्षता, पाणिनि गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेलको प्रमुख आतिथ्यता तथा सदस्य हरिप्रसाद घिमिरेको संचालनमा सम्पन्न कार्यक्रममा पाणिनि गाउँपालिकाका संस्थापक अध्यक्ष अच्युत गौतम, वडा नं. ४ का अध्यक्ष हरिप्रसाद घिमिरे, देउरालि छुर्पि उद्योगका संचालक तिलक गैरे, विभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थनीय कृषक, संचालक समितिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै किसानहरूले गाउँपालिकाले दूधमा दिँदै आएको अनुदान घटाएको भन्दै आक्रोश व्यक्त गरे। उनीहरूले बाँदर र बँदेलको आक्रमणले स्थानीय बालीनाली जोगाउन निकै मुस्किल भएको र यसमा स्थानीय सरकारको ध्यान नपुगेको भन्दै असन्तुष्टि जनाए।

यसै सन्दर्भमा, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले गाउँपालिकाको बजेटलाई दीर्घकालीन नतिजा आउने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए। उनीहरूले “भाषणमा कृषिलाई प्राथमिकता दिएका छौँ भन्ने तर व्यवहारमा उल्टो गर्ने प्रवृत्ति धेरै भयो” भन्दै गाउँपालिकाले किसानका समस्या समाधानमा उचित ध्यान दिन जरुरी रहेको औँल्याए।

देउराली छुर्पी उद्योगका सञ्चालक तिलक गैरेले आफ्नो उद्योगले श्रीकृष्ण दुग्ध संकलन केन्द्रमा संकलन भएको दूध खरिद गर्ने र समयमै भुक्तानी दिने काममा सधैँ इमानदारीका साथ लागेको दाबी गर्दै केन्द्रलाई सकारात्मक सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे।

यस्तै, गाउँपालिकाका संस्थापक अध्यक्ष अच्युत गौतमले कृषिमा उन्नतिका लागि सबै जिम्मेवार हुनुपर्ने धारणा राखे। उनले गाउँपालिका तथा स्थानीय सरकार पनि किसानमैत्री बन्न आवश्यक रहेको र किसानहरू पनि आफ्नो काममा प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।

गौतमले अहिले कामभन्दा कुरा बढी गर्ने र नकारात्मकता मात्र सिर्जना गर्ने काम भइरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताए। उनले किसानका समस्या समाधानका निम्ति पालिकाले दीर्घकालीन सोच बनाएर विकास गर्नुपर्नेमा जोड दिँदै किसानले पाइरहेको अनुदान कटौती गर्नुमात्र नभई त्यसको विकल्पमा दीर्घकालीन लाभ हुने योजना दिन सक्नुपर्ने बताए।

पाणिनि गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष हरिप्रसाद घिमिरेले आफू वडाको तर्फबाट किसानको पक्षमा काम गरेको र किसानका समस्या समाधानमा सधैँ प्रतिबद्ध रहेको दाबी गरे।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी पाणिनि गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेलले गाउँपालिकामा किसानलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको जानकारी दिइन्। उनले बाँदर र बँदेलजस्ता जंगली जनावरको आतंकलाई नियन्त्रण गर्न नीति लिएको र कसरी गर्ने भन्ने विकल्पहरूबारे छलफल भइरहेको बताइन्। त्यस्तै, कृषकलाई दिँदै आएको दूधमा अनुदान हटाएर ढुवानीको व्यवस्था गर्न लागिएको उनले स्पष्ट पारिन्।

उत्कृष्ट दुग्ध संकलक किसानहरू सम्मानित

कार्यक्रममा श्रीकृष्ण दुग्ध संकलन केन्द्रमा सबैभन्दा धेरै दूध संकलन गर्ने चार जना किसानलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा अर्जुन बेल्वासे (७,८९३ लिटर), चुरामणि भट्टराई (६,१३९ लिटर), कृष्णप्रसाद बेल्वासे (५,७८३ लिटर), र रामप्रसाद भट्टराई (५,४१८ लिटर) रहेका छन्।

उक्त संस्थाले २०८१ साउन १ देखि २०८२ जेठ मसान्तसम्म कुल ८१ हजार ७ सय ३२ लिटर दूध संकलन गरेको र उक्त संकलित दूधबाट ५३ लाख ९४ हजार ३१२ रुपैयाँ आम्दानी गरेको जानकारी पनि कार्यक्रममा दिइएको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?