बिपि जयन्ती : पाणिनीमा वृक्षारोपण

अर्घाखाँची । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक महामानव वि.पि. कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस पाणिनीले विशेष कार्यक्रमसहित वृक्षारोपण सम्पन्न गरेको छ।

पाणिनी गाउँपालिका–३ स्थित दुर्गाफाँटमा रहेको वि.पि. बाटिकामा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेस अर्घाखाँचीका सचिव अच्युत गौतम, कांग्रेस नेता यादव प्रसाद घिमिरे, काँग्रेस पाणिनिका सभापती तुल्सी पौडेल, गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, पाणिनि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, वडा नं. २, ३ र ६ का वडाध्यक्षहरू लगायत कांग्रेसप्रति आस्था राख्ने स्थानीयको उल्लेख्य सहभागिता देखिएको थियो।

कार्यक्रममा पुराना विरुवाको संरक्षण तथा सरसफाई गरि नयाँ फलफुलका बिरुवा रोपिएका छन्। कार्यक्रममा बोल्दै नेता यादव प्रसाद घिमिरेले वि.पि. कोइरालाले मुलुकमा प्रजातन्त्रको स्थापनाका लागि गरेका संघर्षहरूलाई स्मरण गर्दै वर्तमान पुस्ताले उनको विचारलाई आत्मसात् गर्नुपर्ने बताए। उनले प्रजातान्त्रिक मूल्य, मानवअधिकार र सामाजिक न्यायका लागि विपिले खेलेको भूमिकालाई आजका सन्दर्भमा समेत सान्दर्भिक रहेको बताए।

गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले फरक विचारधाराका भए पनि बीपी कोइराला सबै राजनीतिक कार्यकर्ताका लागि प्रेरणाका स्रोत भएको उल्लेख गरे। उनले बीपीको दर्शन र मार्गदर्शन आज पनि सान्दर्भिक भएको भन्दै योगदान सम्झेर सबैले समाज सुधारमा हातेमालो गर्नेमा जोड दिए । उनले प्रजातन्त्र, मानवअधिकार र राष्ट्रिय एकताको पक्षमा वि.पि.को योगदान सदैव सम्माननीय रहने बताए ।

कार्यक्रमले बीपीको स्मृतिमा प्रकृति संरक्षणको सन्देश दिनुको साथै राजनीतिक एकताको पनि सन्देश दिएको सहभागीहरूले बताएका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?