काठमाडौं : नेपाल संघीय समाजवादी पार्टीको केन्द्रीय पदाधिकारीहरूको विशेष बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठक पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । बैठकको सञ्चालन पार्टी उपमहासचिव जनक कार्कीले गर्नुभएको थिए भने उपाध्यक्ष तथा प्रदेशसभा सदस्य, पूर्वगृह, कानुन तथा सञ्चारमन्त्री माननीय बिमला अन्सारी विशेष रूपमा उपस्थित थिइन । बैठकमा सबै केन्द्रीय पदाधिकारी र आमन्त्रित सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
बैठकले देशको वर्तमान राजनीतिक अवस्था, सरकारको कार्यशैली, आम नागरिकको जनजीवन र पार्टीको भावी कार्ययोजना माथि गम्भीर छलफल गर्दै पाँच वटा निर्णयहरू पारित गरिएको छ।
१. वर्तमान सरकारप्रति गम्भीर असन्तुष्टि :
बैठकले सरकारको कार्यशैलीप्रति गहिरो चिन्ता व्यक्त गर्दै निष्कर्ष निकालेको छ कि वर्तमान सरकारको पालामा भ्रष्टाचार व्यापक रूपमा बढेको छ, जसमा सरकारका मन्त्रीहरू नै संलग्न रहेको प्रमाणहरू सार्वजनिक भइरहेका छन । सुशासनको अनुभूति जनताले गर्न सकेका छैनन शासन प्रणाली जनउत्तरदायी र पारदर्शी नभएको ठहर । बेरोजगारी उच्च दरमा वृद्धि भइरहेको छ, आर्थिक बेथिति, अनियमितता र महँगीले आम नागरिकको जनजीवन संकटमा परेको छ। जनताले समानता, स्वतन्त्रता र सामाजिक न्यायको आशामा संविधान संशोधनको अपेक्षा गरिरहे पनि निराशा मात्र हात लागेको उल्लेख गरिएको छ। बैठकले यस्तो अवस्थाको कडा विरोध गर्दै सम्पूर्ण नेपाली जनतालाई “लुटतन्त्र, भ्रष्टाचार, बेथिति र असमानता” विरुद्ध एकजुट भई संघर्ष गर्न आह्वान गरेको ।
२. जनजागरण अभियानको समीक्षा र विस्तार :
बैठकले संघीय गणतान्त्रिक गठबन्धनले देशभरि सञ्चालन गरिरहेको जनजागरण अभियानको मूल्याङ्कन गर्दै यस अभियानमा आम जनताको विस्तृत सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएको छ। अभियानले बिग्रिँदो राजनीतिक अवस्था,चरमराउँदै गएको अर्थतन्त्र, कुशासन र कुनीतिको विरुद्धमा जनचेतना फैलाएको ठहर गरिएको छ । बैठकले यो अभियानलाई ७७ वटै जिल्लामा थप प्रभावशाली रूपमा विस्तार गर्दै नेता–कार्यकर्ताहरूलाई आ–आफ्नो क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।
३. उत्पीडित जनताका अग्रगामी शक्तिहरूसँग एकता–सहकार्य :
बैठकले विचार, सिद्धान्त र लक्ष्य मिल्ने उत्पीडित जनताको अग्रगामी राजनीतिक शक्तिहरूसँग पार्टी एकता, सहकार्य तथा मोर्चा निर्माणका लागि पहल गर्ने निर्णय गरेको छ।
यस उद्देश्यका लागि पार्टीका महासचिव अनन्त राईको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरिएको छ।
४. तराई–मधेशको समस्यामा सरकारको ध्यानाकर्षण :
बैठकले तराई–मधेश क्षेत्रका जनतालाई परेको सुक्खा र खानेपानीको अभाव प्रति गहिरो चिन्ता व्यक्त गर्दै सरकारले कृषकहरूको समस्या समाधान गर्ने,खानेपानीको तत्काल व्यवस्था गर्ने जस्ता विषयमा द्रुत र प्रभावकारी कदम चाल्नुपर्ने माग राखेको छ । त्यस्तै, हाल देशभर परेको बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत,उद्धार कार्यको तीव्रता, दीर्घकालीन समाधानका लागि ठोस नीति निर्माणको माग गरिएको छ। ५. संगठन विस्तार र भावी रणनीति :
पार्टीले अबको रणनीतिमा ७७ जिल्ला, ७ प्रदेश र स्थानीय तहहरूमा पार्टीको संगठन विस्तार गर्ने, सदस्यता वितरण र पुनर्गठन कार्य तीव्र गर्ने, भातृ संगठनहरूको भेला, विभाग तथा निकायहरूको पुनर्संरचना गर्ने, सचेतनामूलक अभियानलाई थप व्यापक बनाउने,
निर्णय गरेको छ । “सम्पूर्ण मधेश एक प्रदेश” को नेतृत्व अब हाम्रो काँधमा पार्टी अध्यक्ष मोहम्मद रिजवान अन्सारीले बैठकलाई सम्बोधन गर्दै भने “नेपाली जनताको चाहना हो — समानता, स्वतन्त्रता, सामाजिक न्याय, सुशासन र समृद्ध नेपाल, समाजवादको लक्ष्य, बहुराष्ट्रिय राज्यको स्थापना र अधिकार सम्पन्न प्रदेशहरूको निर्माणले मात्र त्यो सम्भव छ।”
अध्यक्ष अन्सारीले “समग्र मधेश एक प्रदेश” बनाउने जनचाहनालाई आत्मसात गर्दै पार्टीका सम्पूर्ण नेता–कार्यकर्तालाई वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा गम्भीरता, प्रतिबद्धता र संकल्पका साथ अघि बढन निर्देशन दिएका छन।
संघीय समाजवादी पार्टीको केन्द्रीय बैठक सम्पन्न: सुशासनको अभाव, भ्रष्टाचार र जनविरोधी नीतिको विरोध गर्दै ५ महत्त्वपुर्ण निर्णयहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्
कृपया प्रतिक्षा गर्नुहोस...













